२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवाको चारवटा गाउँपालिकामा मतदाता नामावली संकलन सुरू

२०७८, १७ मंसिर शुक्रबार ०८:०८

मंसिर १७, रसुवा | रसुवाको चारवटा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रसुवाले दर्ता कर्मचारी खटाई (आज) शुक्रबारदेखि मतदाता नामावली संकलनको कार्य सुरू गरेको हो । 

जिल्लाको नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा मतदाता नामावली संकलनको कार्य सुरू भएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी विनिता भट्टराईले जानकारी दिइन् ।

यी दुई गाउँपालिकामा अबको १० दिनसम्म मतदाता नामावली संकलन गरिने भएको छ । त्यसैगरी जिल्लाको उत्तरगया र कालिका गाउँपालिकामा भने २९ मंसिरदेखि मतदाता नामावली संकलनको कार्य सुरु हुने उनले बताइन् । 

मतदाता नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्ता स्थल व्यवस्थापक र सहायक दर्ता कर्मचारी र दर्ता स्थल सहयोगि खटाइएको उनले बताइन् । दर्ता कर्मचारीलाइ तालिम दिएर खटाइएको बताइएको छ । 

त्यसैगरी जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाइँकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियान स्वरुप अघि नबढाइने भएको छ ।

निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य हुने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । स्थानिय तथा संघमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पनि सकिँदैछ । 

रसुवामा ४ चैत २०७७  प्रकाशित अन्तिम मतदाता नामावली अनुसार जिल्लामा ३४ हजार आठ सय ५१ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश