२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आगलागीबाट ७० लाख बराबरको क्षति

२०७८, १७ मंसिर शुक्रबार ११:४५

मंसिर १७, सुनसरी | सुनसरीको धरान उपमहानगरपालिका-६ मा आगलागी  हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।  पानबारीस्थित लिम्बूचैरीका रामबहादुर खड्काको दुई तले काठको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । 

आगलागीको कारण नखुले पनि विद्युतीय सर्टका कारण आगलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार श्रीमान् श्रीमती घरको भुइँ तलामा रहेका बेला अकस्मात् आगलागी सुरू भएको थियो । 

घरमा भएको सुनचाँदी, लत्ताकपडा, खाद्यान्न सम्पूर्ण सामान जलेको प्रहरीले बताएको छ । घर पूर्णरुपमा जल्दा करिब ७० लाख रुपैयाँ बराबरकाे क्षति भएको प्रारम्भिक अनुमान गरिएको धरान प्रहरीले जनाएको छ ।  आगो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको दुईवटा दमकल, नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा निभाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश