2026-06-19 02:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पनि ओमिक्रोन ! कसरी आइपुग्यो ? (विज्ञप्ति सहित)

मङ्सिर २०, काठमाडौँ | नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार मंसिर ३ गते त्रिभुवन विमानस्थलमा आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय वृद्धमा ओमिक्रोन भेटिएको हो। दुबै जना विदेशी नागरिक हुन् । उनीहरूको सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गर्दा कसैलाई पनि संक्रमण देखिएको छैन।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विज्ञप्ति

कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन (म्युटेसन) देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरूमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरूमा आजको मितिसम्म ५७४ जना ओमिक्रोन भेरिएन्ट संक्रमित देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षिण एसियाका केही देशहरूमा समेत यो भेरियन्ट पुष्टि भैसकेको छ। यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ। यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको छ

नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेको खोपको विवरण लिने गरेको लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ। एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरूको नमुना संकलन गरी पिसिआर गर्ने र शंकास्पद नमूनाहरूको जिन सिक्वेन्सिङ गर्ने गरिएको छ। यसका साथै विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमूनाहरूको थप परीक्षण गर्ने गरिएको छ।

यही क्रममा २०७८ मंसिर ३ गते नया भेरियन्ट पुष्टि भएको देश हुँदै एक ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउँदा नियमानुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो। वहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्ति र स्वयं आफैंलाई मंसिर ७ गते कोभिड- १९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपश्चात परीक्षण गर्दा कोभिड ९९ को नतिजा पोजिटिभ आएको थियो। कोभिड-१९ परीक्षणमा पोजिटिभ आएकाहरूको एस-जिन परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरूप परीक्षण गर्दा दुवै जनाको नमूनामा एस-जिन फेला परेको थिएन। एस-जिन फेला नपरेका उक्त दुबै नमूनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा २०७८ मंसिर १९ गते राति कोभिड-१९ को  नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको छ।

हाल दुबै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ।

हाल उहाँहरूमा कुनै लक्षण देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ। उक्त दुई व्यक्तिहरूसँग सम्पर्कमा आएकाहरूको बृहत रूपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको, कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त ६६ जना सम्पर्कहरूको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको छ।

यससँगै नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङको कार्यलाई थप प्रभावकारी बनाइएको छ। आम नागरिकलाई ओमिक्रोनसम्बन्धी वैज्ञानिक तथ्य प्रेषण गर्न विश्वमा भएका यससम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सही सूचनाहरू आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ।

कोभिड १९ का अरू भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना (मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने ) र  खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनुहुन अनुरोध गर्दछौं।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु