प्रभात सुवेदी/भदौ ४, बर्दिया । वर्तमान अवस्थामा सहकारीको कार्य भनेको ऋण लगानी तथा बचत मात्रै गर्नु नभएको आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रमका सहभाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी/भदौ ४, बर्दिया । वर्तमान अवस्थामा सहकारीको कार्य भनेको ऋण लगानी तथा बचत मात्रै गर्नु नभएको आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रमका सहभाग"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऋण र बचत गर्नु मात्रै सहकारी हैन

४ भाद्र २०७३, शनिबार १६:००

प्रभात सुवेदी/भदौ ४, बर्दिया । वर्तमान अवस्थामा सहकारीको कार्य भनेको ऋण लगानी तथा बचत मात्रै गर्नु नभएको आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
रातोतारा कृषक बहुमुखी सहकारी संस्था लिमिटेडगुलरियाको आठौं वार्षिक साधारण सभा तथा चुनावी अधिवेशन कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिँदै सहकारीको लगानी उत्पादनमूलक हुनुपर्ने र संबद्ध सदस्यहरुलाई समेत आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
सभाको समुद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि  निमित्त डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्ण प्रसाद भट्टराईले सहकारीको उत्तरोत्तर प्रगतिको कामना साथ आगामी दिनमा आफ्ना कार्यक्रमहरुलाई पूर्ण रुपमा उपभोक्तामुखी बनाउनुपर्नेमा जोड दिनुभयो । साथै सहकारी समाजमा नै सञ्चालन गरिने भएकोले यसले सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
सभामा अध्यक्ष, कोषाध्यक्ष, सचिवबाट प्रस्तुत गरिएका प्रतिवेदनहरु पारित गरिएका थिए । यसैगरी लेखा समितिको प्रतिवेदन समेत सर्वसम्मतबाट पारित गरिएको थियो ।
कार्यक्रममा रातोतारा कृषक सहकारीले आ.व. २०७२/०७३ मा कूल ४ करोड २३ लाख ८१ हजार ५ सय ९९ रुपैँया ३४ पैसा कारोबार गरेको विवरण प्रस्तुत गरिएको थियो । भने आ.व. २०७३/०७४ का लागि अनुमानित आय व्यय ६ करोड ८ लाख ८३ हजार ७ सय २० रुपैँया ७५ पैसा प्रस्तुत गरिएको थियो ।
सभाले निम बहादुर थापाको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालको लागि निर्विरोध रुपमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सरस्वती पोखरेल, सचिव यज्ञ बहादुर हमाल, कोषाध्यक्ष विष्णुमाया सिग्देल रहनुभएको छ ।
यस्तै सदस्यहरुमा प्रेमप्रसाद अधिकारी, दुर्गा पौडेल, विवेक जैशी, मीरा के.सी. र कुमार पुरी निर्वाचित हुनुभएको छ । यसैगरी लेखा समतिको संयोजकमा मेघराज सिग्देल तथा सदस्यहरुमा नारायणप्रसाद पौडेल र अमित के.सी. रहनुभएको छ ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन मण्डलको संयोजक यादव आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…