नन्दराम जैशी/भदौ ५, जुम्ला । जुम्लाको मालिकाठाँटा गाविसमा काँचो पिठो खाएर एक धामीको ज्यान गएको छ । 

मालिकाठाँटा खोप्री गाउँका ५५ वर्षका धामी लालबहादुर थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या आएर ज्यान गएको कर्णाली स्वास्थ्य व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ ५, जुम्ला । जुम्लाको मालिकाठाँटा गाविसमा काँचो पिठो खाएर एक धामीको ज्यान गएको छ । 

मालिकाठाँटा खोप्री गाउँका ५५ वर्षका धामी लालबहादुर थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या आएर ज्यान गएको कर्णाली स्वास्थ्य व"/>

२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउता चढेको भन्दै काँचो पिठो खाएर धामीको मृत्यु

५ भाद्र २०७३, आईतवार ०२:५५

नन्दराम जैशी/भदौ ५, जुम्ला । जुम्लाको मालिकाठाँटा गाविसमा काँचो पिठो खाएर एक धामीको ज्यान गएको छ । 

मालिकाठाँटा खोप्री गाउँका ५५ वर्षका धामी लालबहादुर थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या आएर ज्यान गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जानकारी दिएको छ । प्रतिष्ठानका डाक्टर राजेन्द्र मणिगिरीँका अनुसार खाएको पिठोले स्वास प्रश्वासमा समस्या परेपछि एस्पाइरेसन भयो र बचाउन नसकिएको हो । 

लालबहादुर इमेल्चा गडी मन्दिरका मुल धामी हुन् । देउता चढेको बेला काँचो पिठो खाएका उनको घाँटीमा पिठो अड्कीएर  ज्यान गएको स्थानीय मोतिराम वुढाले बताए ।

जुम्ला जाजरकोटको सिमानामा पर्ने पाटनामा रहेको नदैडाव तिर्थ गएका उनी आफ्नै गाउँ नजिकैको नदै गुफाको तिर्थमा समेत नाच्न भ्याएका थिए । उनले नदै गुफामा पूजा समेत गरेका थिए । 

त्यसपछि मालिकाठाँटा गाविसको ६ वडामा रहेको लामा विष्णुको मन्दिरमा पूजापाठ गर्न आएको बेला उनी निकै लामो समयसम्म धामी नाचेका थिए । 

‘उनले देउता चढेको भन्दै काँचो पिठो खाएपछि घाँटीमा अड्कियो’ ‘अघिपछि पूर्णिमामा उनले काँचो पिठो निकै खान्थे, केही हुन्थेन तर यो पटक काँचो पिठोले उनलाई मृत्युको मुखमा पुर्यायो, स्थानीय बासिन्दाले बताए,’ ।

उनलाई स्वास्थ्य चौकी मालिकाठाँटामा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको थियो । 

खाना नलिवाट नछिरेको खाना स्वासनलिमा आएर अड्किए पछि उनको ज्यान गएको मेडिकल डाईरेक्टर डाक्टर निरेसा थापाको भनाइ छ । दुई वर्ष अघि जुम्ला कालिका खेतु महावै पाथर खोलाका धामी जनकबहादुर शाहीले फलाम निलेर प्रतिष्ठानमा आएपछि डाक्टर निरेश थापाको नेतृत्वको टोलीली सफल अप्रेशन गरी बचाएका थिए । ‘तर यो पटक स्वासप्रश्वासमा समस्या भएकोले बचाउन नसकिएको डाक्टर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार