ललित बोहरा/भदौ ५, डडेल्धुरा । सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम सांस्कृतिक गौरा पर्वको चहलपहल डडेल्धुरा लग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ ५, डडेल्धुरा । सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम सांस्कृतिक गौरा पर्वको चहलपहल डडेल्धुरा लग"/>
2026-09-19 05:02 AM
काठमाडौँ - KTM

सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु

ललित बोहरा/भदौ ५, डडेल्धुरा । सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम सांस्कृतिक गौरा पर्वको चहलपहल डडेल्धुरा लगायत सुदूरपश्चिमका अन्य जिल्लाहरुमा पनि सुरु भएको छ । 

यस वर्ष गौरा पर्व पर्सि मगंलबार ७ गते पञ्चमीका दिन पर्ने भएकाले गौराको अवसरमा खेलिने देउडाको रौनक छाइसकेको छ । सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला संगै तराईका कैलाली र कञ्चनपुर जिल्ला गौराको रौनकमा रमाइरहेको छ । 

गौरा पर्वको बिसर्जन नभएसम्म गौरा घर र मन्दिर परिसरमा महिला–पुरुष छुट्टा–छुट्टै रुपमा गोलबन्द भई स्थानीय लोक भाषाका देउडा, चैत, धुमारी लगायतका खेल खेलेर रमाइलो गर्ने चलन छ । 

यसरी देउडा, चैत, धमारी खेल खेल्दा देवीदेवताका गाथासम्बन्धी गीतका साथै सामाजिक विकृति विसङ्गति विरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्गय गर्ने चलन पनि यहाँ विद्यमान छ ।

गौरा पर्व मनाइने घरमा महिलाले व्रत बसी सफा तामाको भाँडोमा बिरुडा अर्थात पाँचथरिका गेडागुडी भिजाएर राख्छन । गौरा र शिवको पूजामा अक्षताका रुपमा प्रयोग हुने बिरुडा भिजाएको दिनदेखि गौरा पर्वको थालनी भएको मानिन्छ । 

प्रत्येक गाउँ–टोलको गौरा घर अथवा मन्दिरमा मनाइने गौरा पर्व, विभिन्न बोटबिरुवाबाट गौराको प्रतिमा तयार पारी धार्मिक अनुष्ठानका साथ गौराका रुपमा प्रतिमालाई गौरा घरमा भित्र्याइन्छ । 

गौरा भित्र्याइसकेपछि श्रद्धालु महिलाले व्रत बसी गौरा घरमा गौरा र शिवको पूजाअर्चना गर्ने गर्दछन । पूजाको कार्यक्रमपछि बिरुडालाई सबैले प्रसादका रुपमा ग्रहण गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई