2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात दशकअघि बन्द फलामखानी सञ्चालन गर्न माग

भदौ ६, पर्वत । झन्डै सात दशक अघि बन्द भएको मुलुककै ठूलो फलामखानी पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।

२००७ सालमा तत्कालीन सरकारले बन्द गराएको भङ्गरा गाविसमा फैलिएको फलामखानी शीघ्र सञ्चालन गर्न माग गरिएको हो । रोजगारीको अभावमा जीविकोपार्जनमा समस्या भएको भन्दै स्थानीयबासिन्दाले माग गरेका हुन् । उक्त फलामखानीको उत्खननप्रति निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पनि चाँसो देखाएपछि स्थानीय उत्साहित भएका थिए ।

धुवा“कोटे फलामका नाममा लोकप्रिय खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र नेपाल पर्वत खनिज उद्योग प्रालि लुम्बिनी नवलपरासीबीच २०६७ पुस ८ सम्झौता भएको भनिए पनि अझै काम सुरु हुन सकेको छैन ।

विभागले दैनिक ११० टन फलाम उत्खनन गर्ने स्वीकृति प्रदान गरिसकेको थियो । सम्झौताअनुसार २० वर्षको अवधिमा ८० लाख तीन हजार टन फलाम उत्खनन गर्ने लक्ष्य लिएको भए पनि अझै काम सुरु गर्न सकेको छैन ।

यो ठाउँमा फलामका धाउ भेटिएको र कम्पनीले छिट्टै नै उत्खनन क्षेत्रलाई रेखाङ्कन गरी उत्खनन कार्य सुरु गर्ने जानकारी तत्कालीन अवस्थामा जिल्ला प्रशासनलाई पनि जानकारी गराएको थियो ।

स्थानीय दमाहा सामुदायिक वन र धाउखानी सामुदायिक वनमा फैलिएको उक्त खानी सञ्चालनका लागि कम्पनीले स्थानीय प्रशासनसमक्ष समेत स्वीकृति लिइसकेको थियो । अहिले कुनै पनि कम्पनी उत्खनन गर्न भन्दै जिल्ला शासनमा नआएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीन ढकालले जानकारी दिनुभयो ।

तत्कालीन समयमा खानीबाट निकालेको फलामको धाउ पगाल्न वरपरका आधा दर्जन गाविसको हजारौँ हेक्टर जङ्गल सखाप बनेपछि सरकारले खानी बन्द गराएको स्थानीयको भनाइ छ । छिमेकी गाविस लुङ्खु पाखापानी, फलामखानी, ठानामौला, भङ्गारालगायतका गाविसमा रहेको जङ्गल फाडिएपछि इन्धनको अभावका कारण बन्द गरिएको स्थानीय शिक्षक गोविन्द विश्वकर्माले बताउनुभयो ।

उक्त गाविसमा अहिले विद्युतीकरण भएकाले थोरै लगानीमा इन्धन उपलब्ध हुने भएकाले उत्खनन कार्य सुरु गर्न स्थानीयबासिन्दाले माग गरेको विश्वकर्माको भनाइ छ ।

फलामखानीको १ देखि ७ वडा नम्बरसम्मका दलित परिवार फलामखानीमा काम गर्दै आएका थिए । फलामखानी सञ्चालन हु“दा गाउ“का सबै बासिन्दाले रोजगारी पाएको शिक्षक विश्वकर्माले बताउनुभयो ।

यो खानीबाट निस्कने फलाम स्वदेश तथा विदेशमा अझैसम्म परिचित छ । फलाम निकाल्ने काम बन्द भएपछि खानीमा आश्रित स्थानीय २०० घरधुरीले अहिले ज्याला मजदुरी गर्दै आएका छन् । फलामखानी गाविसको १, २, ३, ४, ५, ६ र ७ नं वडामा बस्ने सबै विश्वकर्मा परिवार फलाम निकाल्ने काममै लागेको स्थानीयवासी हीरालाल विश्वकर्माले बताउनुभयो ।

गाउँमा कच्ची मोटरबाटो पुगिसकेकाले पनि कोइलाको व्यवस्था गरेर पनि खानी सञ्चालनमा ल्याउनुपर्ने माग स्थानीयको छ । खानी सञ्चालनमा आएका बेला फलाम निकालेका धाउ र किटका थुप्रा अहिले पनि उक्त ठाउँमा प्रसस्तै देखिन्छन । भने धाउ रहेका ठूला ढुङ्गा पनि देख्न सकिन्छ । खानीबाट फलाम निकाल्ने पेसामा लागेका ८४ वर्षीय चन्द्रबहादुर विक भन्नुहुन्छ– “बासँगै फलाम निकाल्ने र पगाल्ने काम गर्थे, प्युठानसम्म जान्थ्येँ फेरि सञ्चालन भए हाम्रा सन्ततिले रोजगारी पाउने थिए ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो