भदौ ६, पर्वत । रुट परमिट नभएका सडकमा ठुलो जनधनको क्षती हुने गरी सडक दुर्घटना हुन थालेपछि धौलागिरि अञ्चलमा समेत रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । 

सोमबार पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, पर्वत । रुट परमिट नभएका सडकमा ठुलो जनधनको क्षती हुने गरी सडक दुर्घटना हुन थालेपछि धौलागिरि अञ्चलमा समेत रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । 

सोमबार पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बै"/>

2026-09-19 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुट परमिट नभएका सवारीसाधनलाई रोक

भदौ ६, पर्वत । रुट परमिट नभएका सडकमा ठुलो जनधनको क्षती हुने गरी सडक दुर्घटना हुन थालेपछि धौलागिरि अञ्चलमा समेत रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । 

सोमबार पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा ठूलो सवारी दुर्घटना नहोस् भन्नेको लागि रुट परमिट नभएका सवारी साधनलाई रोक लगाइएको ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए ।

‘रुट नभएका सबै सडकमा सार्वजनिक सवारी सञ्चालन भएको देखिए कारवाही हुने उनको तर्क छ । जिल्ला ट्राफिक कार्यालय पर्वतले जिल्लामा यतिबेला सवारी चेकजाँचमा कडाइ गरेको छ । 

पर्वतका ग्रामिण अधिकांश सडकहरु हिउँदको समयमा चल्ने र बर्खाको समयमा बन्द हुने गर्छन् । रुट परमिट नभएका सवारी साधनलाई रोक लगाएपछि ग्रामिण तथा दक्षिण भेगका सर्वसाधरणलाई भने पैदल गर्नुपर्ने बाध्यता सिर्जना हुने भएको छ । 

यता म्याग्दीमा पनि रुट परमिट नभएका सवारी साधनलाई रोक लगाइएको छ । आइतबार बेनीमा यातायात ब्यवसायीसंग भएको कार्यक्रममा रुट परमिट विना सोमबार देखी सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको म्याग्दी जीप तथा बस सञ्चालनक समितिका उपाध्यक्ष मोहन केसीले बताए । 

निर्णय संगै सडक सञ्जाल जोडिएका म्याग्दीका कुनै पनि सडकमा यातायातका साधन सञ्चालन हुने छैनन् । पश्चिम म्याग्दीको दरवाङ सहित जिल्लाभरको सडकमा यातायातका साधन सञ्चालन नहुदाँ सर्वसाधारले अर्को निर्णय नभएसम्म पैदलयात्रा गर्नुपर्ने भएको छ ।  उनका अनुसार बेनी जोमसोम सडकमा अस्थायी रुट परमित भएपनि जिल्लाका अन्य ग्रामिण सडकहरुमा नभएको बताए । 

काभ्रेमा भएको सडक दुर्घटना पछि गृह मन्त्रालयले देशभरका प्रशासनलाई रुट परमिट नभएका सडकमा सार्वजनिक यातायात रोक्न निर्देशन दिएपछि  उक्त निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ