ललित बोहरा/भदौ ६, डडेल्धुरा । सुदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त भएपछि थप समस्यामा भएको छ ।  

नेपालको १२ जिल्ला लगायत सुदुरपश्चिको ९ जिल्लामा मालिकको हलो जोत्दै आएका हलियाहरुलाई २०६४ सालमा नेपाल सरकारले मुक्त घोषणा गरेको थियो ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ ६, डडेल्धुरा । सुदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त भएपछि थप समस्यामा भएको छ ।  

नेपालको १२ जिल्ला लगायत सुदुरपश्चिको ९ जिल्लामा मालिकको हलो जोत्दै आएका हलियाहरुलाई २०६४ सालमा नेपाल सरकारले मुक्त घोषणा गरेको थियो ।"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त गरेपछि झन समस्यामा

६ भाद्र २०७३, सोमबार ०९:५३

ललित बोहरा/भदौ ६, डडेल्धुरा । सुदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त भएपछि थप समस्यामा भएको छ ।  

नेपालको १२ जिल्ला लगायत सुदुरपश्चिको ९ जिल्लामा मालिकको हलो जोत्दै आएका हलियाहरुलाई २०६४ सालमा नेपाल सरकारले मुक्त घोषणा गरेको थियो । मुक्त घोषणा गरेपनी उनीहरुलाई घर, जग्गा, उपलब्ध गराउन नसक्दा मुक्त हलियाहरु झन समस्यामा परेका हुन् । 

राष्टिय मुक्त हलिया समाज महासंघले प्रत्येक जिल्लामा मुक्त हलियाहरुको बर्तमा अबस्था र सरोकारवालाहरुको भूमीका बारेमा छलफल गरीरहेको छ । 

यसै क्रममा सोमबार डडेल्धुरामा पनी मुक्त हलियाहरुको बर्तमान अबस्था र सरोकावालाहरुको भूमीका बिषयक बृहत अन्तरक्रिया सम्पन्न गरीएको छ । मुक्त हलियाको बर्तमान अबस्थाबारे जिम्मेबार सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्ले कार्यक्रमको आयोजना गरीएको जिल्ला मुक्त हलिया समाजका अध्यक्ष पूर्ण बहादुर सार्कीले बताएका छन् । 

बृहत अन्तरक्रियामा पुनःस्थानपनको लागी सरकारले लिएको रकम २ लाख निकै न्यून भएको ,मुक्त हलियाको बर्गीकरणमा समस्या, घर निमार्ण गर्न दिएको रकम पाप्त समयमा नहुनु, दाई भाईको फरक फरक परिचयपत्र ,परिचय पत्र नै नपाएको लगायतका बिषयमा बिशेष छलफल भएको थियो । 

नेपाल सरकारले गत आर्थिक बर्षमा पुनः स्थापनाको लागी ८५ जनालाई २ लाखका दरले आर्थीक सहयोगरको भएपनी यसमा  थप चुनैती र समस्या रहेको जिल्ला मुक्त हलिया समाज डडेल्धुराका कार्यक्रम संयोजक एवंम अधिबक्ता हरि सिह बोहराले बताए ।

कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी  उद्धय बहादुर सिहले मुक्त हलिया महासंघले बिशेष पहल गर्नु पर्ने जानकारी गराउदै  हाम्रो तर्फबाट हुने पहल बिशेष रुपमा गर्नेमा जोड दिएका थिए । 

कार्यक्रमा जिल्ला स्थीत सम्पर्ण राजनीतक दल, पत्रकार, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधीहरुको र जिल्लाभरका सम्पूर्ण मुक्त हलियाहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…