2026-06-16 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लामा हिमपातले चिसो बढ्यो, जनजीवन कष्टकर !

२०७८ पुष १४, बुधवार

पुस १४, काठमाडौँ | रासस | जुम्लाको माथिल्लो भेगमा बुधबार बिहानदेखि  हिमपात भएको छ । मङ्गलबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात भएकोे जनाइएको छ ।  हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको तिला गाउँपालिका–१ का स्थानीयवासी मञ्जु बुढाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ गत वर्षभन्दा यो वर्ष धेरै चिसो बढेको छ । हिउँ परेपछि अझै जाडो बढ्दै गएको छ । बालबालिका र वृद्धालाई निकै सास्ती भएको छ ।”

जिल्लाको पातारासी र गुठीचौर गाउँपालिमकामा बाक्लो हिमपात परेको जनाइएको छ । अहिले खलङ्गामा हिउँ परिरहेको छ । गत मङ्सिर महिना सुरु भएदेखि नै यहाँको तापक्रम माइनसमा गएपछि सदरमुकाम खलङ्गामा हिमपातले चिसो अत्यधिक बढेको छ । हिमपातले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिउँ परेपछि जिल्लाबाट नेपालगञ्जसम्मको उडान गर्दै आएका  हवाईसेवा समेत ठप्प भएका छन् । कर्णाली राजमार्गमा चल्ने लामो तथा छोटो दूरीमा सवारीसाधन फाट्टफुट्ट मात्र चलेको तिला कर्णाली यातायात समितिले जनाएको छ ।

हिमपातले हिउँदे बालीलाई राहत 

हिमपातले हिउँदे बालीलाई पानीको मात्रामा मद्दत गर्ने भएपछि यहाँका किसानलाई भने राहत भएको छ । हिउँदे बालीनालीलाई चाहिने पानीको याममा हिउँ पर्दा यहाँका किसानलाई राहत हुने चन्दननाथ नगरपालिका–२ का रमिला भण्डारीले बताउनुभयो ।

वर्षात्ले हिउँदे बालीलाई फाइदाजनक पुग्ने कृषि विकास कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नभएर ठाउँमा यो हिउँले गहुँ, जौबाली, हिउँदे फलफूलकादेखि स्याउका नयाँ बिरुवालाई राहत हुने कार्यालयका  प्रविधिक सुकिराम नेपालीले बताउनुभयो । स्याउका बिरुवा रोप्ने समय आएको छ । फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक रहेको यहाँका किसान बताउँछन् ।

अत्यधिक जाडो 

हिउँ परेपछि अत्यधिक जाडो बढाएको छ । हिमपात भइरहेको छ रोकिएको छैन हिउँले जिल्लाको धेरैजसो ठाउँमा जाडो बढाएको छ । जाडोले जनजीवन प्रभावित भएको चन्दननाथ नगरपालिका स्थानीयवासी विशाल नेपालीले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । प्रशासनले चिसोबाट बच्न न्यानो भएर बस्न आग्रह गरेको छ । 

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताउनुभयो  ।  प्रशासनले बालबालिका र वृद्धालाई न्यानो तथा शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते