पुस १८, काठमाडौँ | पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। मृतकको संख्या ८ पुगेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान भने खुलेको छैन।
दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ। बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट २ लघुवामा आइतबार बिहान दुर्घटना भएको थियो।
लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। बसमा ३५ जना मलामी रहेको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य जारी रहेको छ।