२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक मिचेर बनेका संरचना हटाइदै

२१ पुष २०७८, बुधबार ०७:३४

पुस २१, काठमाडौँ | रासस | सडक मिचेर बनेका भौतिक संरचना हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज एकजुट भएर सडक अतिक्रमण हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।  

सडक अतिक्रमण हटाउने काम राम्रो भएको नागरिक समाज जुम्ला अध्यक्ष राजबहादुर महतले बताउनुभयो । पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउन बहस हुने गरेको थियो । सडकमा निर्माण भएका घर टहरादेखि अन्य भौतिक संरचना हटाउने काम जनमुखी भएको नागरिक समाजका अध्यक्ष महतले बताउनुभयो । 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार सडकमा जथाभावी रुपमा राखिएका निर्माण सामग्री हटाइएको छ । अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको छ । पहिलो चरणमा बसपार्क क्षेत्रको निर्माण सामग्री हटाइको छ । नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी रहेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । 

नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनुपर्ने छ । त्यसमा एक मिटर फुटपाथका लागि छुट्याइएको थियो । पछिल्लो समय फुटपाथसमेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन् । त्यसैले सडक क्षेत्र पूरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सुचित गरिने र अटेरी गरे एकहप्ताभित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठले बताउनुभयो ।

 सदरमुकाम खलङ्गा बजार मात्रै नभइ तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिमा पनि सडक अतिक्रमण बढेकाले हटाउने अभियान रहेको सडक डिभिजनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभइ अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि हटाइने बताउनुभयो । सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व भएको उहाँको भनाइ छ ।  

अतिक्रमण हटाउन प्रहरी प्रशासन, सडक डिभिजनले मात्र सम्भव नभएकोले आम नागरिकको सहयोग आवश्यक रहेको प्रजिअ प्रसाईंले बताउनुभयो । मङ्गलबार डोजर प्रयोग गरेर भत्काइने घरको आँगन, पर्खाल तथा निर्माण सामग्री हटाइएकोमा केही स्थानीयवासीले विरोधसमेत गरेका थिए । अतिक्रमण भएको जग्गा छोड्न तयार भएको तर नापी नक्शा गरेर मात्रै छोड्ने स्थानीयवासीको माग रहेको छ । 

सडक डिभिजनले अतिक्रमण भएको क्षेत्रमा चिन्ह लगाएको छ । केही दिनमा खाली नगरे सिधँै डोजर प्रयोग गरेर भत्काइनेसमेत चेतावनी दिइएको छ । सडक डिभिजन जुम्लाले पटक–पटक सार्वजानिक सूचनामार्फत कर्णाली राजमार्ग अन्तर्गत विभिन्न खण्डमा घर टहरा, घुम्ती पार्किंङ र निर्माण सामग्री हटाउन वा सडक अतिक्रमण नगर्न अनुरोध गरेपनि स्थानीयवासीले अटेरी गदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ