भदौ ७, काठमाडौँ । स्थानीय वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौँ । स्थानीय वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ । 
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिशुको मृत्युपछि इशान अस्पताल तनावग्रस्त

२०७३, ७ भाद्र मंगलवार १०:१३

भदौ ७, काठमाडौँ । स्थानीय वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ । 

अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको जनाउँदै आफन्तले शव बुझेका छैनन् । सोमबार राति १ बजे निमोनियाबाट पीडित तीनवर्षीय विकृष्ण महर्जनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । 

सघन उपचार कक्षमा भर्ना गरी उपचार भइरहेको बालकको बिहान ५।४५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विपीन जङ्गमले जानकारी दिनुभयो । 

अस्पतालसँग दुई पटकसम्म छलफलमा बस्दा पनि आफन्तले शव नबुझेको जङ्गमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बच्चालाई राति शिक्षण अस्पताल महाराजगन्जमा सघन उपचार कक्षमा शैय्या खाली नभएकाले हाम्रो अस्पतालमा रेफर गरिएको थियो । मृतक शिशुको निमोनिया बिग्रिसकेको रहेछ । छातीबाट मुटुतिर निमोनिया फैलिएकोले मृत्यु भएको हो ।’’ 

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले बिहान तनावग्रस्त भए पनि अहिले वातावरण सामान्य भइसकेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध