१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालाजुबाट पक्राउ परे कृतिकालाई ठक्कर दिने चालक !

२१ पुष २०७८, बुधबार १२:०१

पुस २१, काठमाडौँ | काठमाडौँको तिलगंगामा बसले स्कुटरलाई ठक्कर दिएर भागेका चालक पक्राउ परेका छन्। 

प्रहरीले बुधबार अपराह्न ४ बजे काठमाडौँमहानगरपालिका बालाजुको बोहराटारबाट मयूर यातायातका चालक नुवाकोट दुप्चेश्वर घर भएका २६ वर्षीय श्रीमान तामाङलाई पक्राउ गरेको हो। 

उनलाई प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

‘उनलाई बालाजुको बोहराटारबाट पक्राउ गरिएको छ। दुर्घटनापछि भागेका उनी लुकिछिपी बसिरहेका थिए,’ उनले भने। 

सोमबार साँझ साढे ६ बजे काठमाडौँ महानगरपालिका-९ तिलगंगा पिंगलास्थानमा मयूर यातायातको बा ५ ख १५३८ नम्बरको बसले बागमती प्रदेश-०२-०२१ प १९३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि भागेका तामाङलाई प्रहरीले ४६ घण्टामा पक्राउ गरेको हो।

स्कुटर चालक दोलखा, तामाकोशी गाउँपालिका सिन्ले घर भई काठमाडौँको शान्तिनगरमा डेरा गरी बस्दै आएकी २६ वर्षीया कृतिका कार्की गम्भीर घाइते भएकी थिइन्।

उनलाई तत्कालै टिचिङ अस्पताल पुर्‍याइएको थियो।

उनको उपचारको क्रममा मंगलबार बिहान ६ बजे मृत्यु भएको थियो। दुई दिनदेखि फरार रहेका चालकलाई पक्राउ गरेसँगै प्रहरीले उनीविरूद्ध थप अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’