भदौ ७, भक्तपुर । प्रवेशिका (एसएलसी) पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, भक्तपुर । प्रवेशिका (एसएलसी) पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । "/>
2026-07-04 07:09 PM
काठमाडौँ - KTM

एसएलसी पुरक परीक्षाको नतिजा छिट्टै सार्वजनिक हुने

भदौ ७, भक्तपुर । प्रवेशिका (एसएलसी) पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । 

उत्तरपुस्तिका परीक्षण सकिएर जिल्ला जिल्लाबाट परीक्षार्थीको विषयगत प्राप्ताङ्क कार्यालयमा आइसकेको छ । कार्यालयले प्राप्ताङ्क कम्प्युटरमा दर्ता गर्ने काम गरिरहेको काप्रीले जानकारी दिनुभयो । प्राप्ताङ्क दर्ता सकिएलगत्तै रुजु गरिसकेपछि नतिजा सार्वजनिक गरिनेछ । 

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘इ’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा परीक्षामा भने ७३ हजार परीक्षार्थी मात्रै सहभागी भएका थिए । 

परीक्षामा ‘डि’ र ‘इ’ ग्रेड ल्याउने सबै विद्यार्थी सहभागी नभएको जानकारी दिँदै सोही ग्रेडका कतिपय विद्यार्थीले कक्षा ११ मा भर्ना भएका वा अन्य विकल्प रोजेका कारणले परीक्षामा कम विद्यार्थीको सहभागिता भएको हुनसक्ने परीक्षा नियन्त्रक काप्रीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै