पुस २२, रत्ननगर । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, रत्ननगर । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती ध"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग

२२ पुष २०७८, बिहीबार ०६:२१

पुस २२, रत्ननगर । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले हिन्दू राष्ट्रका लागि चितवनबाटै धार्मिक आन्दोलन सुरु गर्नुपर्ने बताउनुभयो । “हरेराम हरेकृष्ण भजनबाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ” उहाँले भन्नुभयो, “यो आन्दोलन चितवनबाट सुरु गरेर मेची–महाकाली हल्लाउनुपर्छ ।” मुलुकलाई हिन्दू राज्य बनाउन अब सशक्त आन्दोलन गर्नुपर्ने भन्दै अध्यक्ष अधिकारीले सबै ओमकार परिवारलाई एक बनाएर धार्मिक एकता र पहिचानका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घमा विवाद नभएको र  केन्द्रीय समिति एउटै बनेको छ तर  महासङ्घको अन्तर्राष्ट्रिय समितिमा देखिएको विवाद समाधानको बाटोमा अगाडि बढिसकेको छ छ भन्दै उहाँले यहाँ हिन्दूहरुलाई लडाउँदै फुटाउने खेल भएको  गुनासो गर्नुभयो । “हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ, ओम र राष्ट्रिय झण्डामा राष्ट्रमात्रै हुन्छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “धर्म जोगाउन सन्देश दिँदै हिन्दू राष्ट्र ल्याउने सङ्कल्पका साथ अगाडि बढे मात्र  हिन्दू राज्य फिर्ता ल्याउन सकिन्छ ।”

महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुुभयो । “दलहरुको स्वार्थका लागि हिन्दू राज्यबाट नेपाललाई हटाइयो”, उहाँले भन्नुभयो, “हाम्रो एकता मजबुत छ, हाम्रो एकतालाई कसैले भाँड्न खोज्छ भने त्यो सैह्य हुँदैन ।” वैदिक सनातन धर्मभित्र सबै धर्मलाई समान व्यवहार हुने भएकाले पनि नेपाल हिन्दू राज्य हुनुपर्नेमा महासचिव न्यौपानेले जोड दिनुभयो ।

महासङ्घका सचिव नेत्रनाथ पौडेलले सबै ओमकार परिवारका सदस्य मिलेर नेपाललाई हिन्दू राष्ट्र बनाउन पहल गर्नुपर्ने बताउनुभयो । “अब निर्वाचन आउँदैछ, हामीले राजनीनिक दल नहेरौँ जसले हिन्दू धर्मका बारेमा आवाज उठाउँछ त्यसैलाई मतदान गरेर हिन्दू राज्य बनाउन पहल गरौँ”, सचिव पौडेलले भन्नुभयो, “सबै ओमकार परिवारका सदस्यको पहलमा नेपाललाई हिन्दू राज्य बनाउन सकिन्छ ।” 

सबै धार्मिक क्षेत्रमा मांसमदिरा निषेध गर्न सकेमा हिन्दू धर्मको गरिमा बढ्नमा उहाँले जोड दिँदै उहाँले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नका लागि चितवनबाट आन्दोलनको नेतृत्व गर्न आफू तयार रहेको र यसमा  सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन