पुस २२, खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित  बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ ।

 एकीकृत समाजवादीको त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित  बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ ।

 एकीकृत समाजवादीको त"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एकीकृत समाजवादीले विकास योजनाको अनुगमन गर्ने

२२ पुष २०७८, बिहीबार ०७:४९

पुस २२, खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित  बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ ।

 एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । यसका लागि विवरण सङ्कलन गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन दिइएको पार्टीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिनुभयो । “अनुगमनमा पाइएका विवरण माघ–१५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउन नगर वा गाउँपालिका कार्यसमितिलाई भनिएको छ”, उहाँले भन्नुभयो, “योजनाको पारदर्शीताबारे बुझ्ने र कुन टोलमा कस्तो योजनाको आवश्यकता छ भन्नेसमेत पहिचान हुन्छ ।”

अनुगमनका क्रममा बजेटको अङ्क, उपभोक्ता समितिका पदाधिकारी तथा ठेकेदार कम्पनीको नाम, काम सम्पन्न भएको मात्रा, लाभान्वित घरधुरी सङ्ख्या, योजना दाता वा सम्बन्धित निकायको नाम लगायतका विवरण सङ्कलन गर्ने जनाएको छ । टोल समितिको भेलाबाट प्रत्येक टोल वा बस्तीमा आवश्यकीय तत्कालीन र दीर्घकालीन योजना छनोट गरी वडासमितिमा पेश गर्ने, टोल समितिबाट पेश भएका योजना वडा समितिमार्फत गाउँ वा नगर समिति हुँदै जिल्ला समितिमा पेश गर्ने÷गराउने निर्णय गरिएको जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिनुभयो । 

टोल वा बस्तीमा आकस्मिकरुपमा भइपरी आउने समस्या वा योजनाको हकमा परिस्थितिजन्य रुपमा सिधँै सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउन सकिने एकीकृत समाजवादीले जनाएको छ । पार्टीले गर्ने अनुगमनले जिल्लामा सञ्चालित विकासे योजनाका काम प्रभावकारी हुने अपेक्षा गरिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज चाम्लिङले बताउनुभयो । 

यसैबीच, एकीकृत समाजवादीले जिल्लाका दश स्थानीय तहमध्ये बाँकी रहेको खोटेहाङ, साकेला र रावाबेँसी गाउँपालिकामा तत्काल पालिकास्तरीय समितिसँगै कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । हालसम्म बराहपोखरी, जन्तेढुङ्गा, दिप्रुङ चुइचुम्मा, साकेला, ऐसेलुखर्क, केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वडा इन्चार्ज एवं संयोजक तोकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको ७९ वडामध्ये ३७ वडामा वडा पार्टी समिति गठन गरिएको जनाइएको छ । आगामी माघ–७ गतेभित्र वडादेखि जिल्लासम्म जनवर्गीय सङ्गठनहरुको गठन तथा पुनः गठन गर्ने तयारी गरिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन