भदौ ७, पर्बत | सामान्य अवस्थामा भन्दा शरिर सिथिल हुँदैजाँदा जो कोही अत्तालिनु स्वभाविक हो । शरीर कटकट खाने, बान्ता हुने, पखाला लाग्ने भइहालेमा ज्यानै कमजोर हुन्छ । त्यसमाथी खान मन लाग्दैन । अहिले यस्तो लक्षण देखिएका बिरामी बढेका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, पर्बत | सामान्य अवस्थामा भन्दा शरिर सिथिल हुँदैजाँदा जो कोही अत्तालिनु स्वभाविक हो । शरीर कटकट खाने, बान्ता हुने, पखाला लाग्ने भइहालेमा ज्यानै कमजोर हुन्छ । त्यसमाथी खान मन लाग्दैन । अहिले यस्तो लक्षण देखिएका बिरामी बढेका छन् । 
2026-07-04 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सचेत रहनुस्ः भाइरल ज्वरो र झाडापखालाले झयाप्पै समाउला

भदौ ७, पर्बत | सामान्य अवस्थामा भन्दा शरिर सिथिल हुँदैजाँदा जो कोही अत्तालिनु स्वभाविक हो । शरीर कटकट खाने, बान्ता हुने, पखाला लाग्ने भइहालेमा ज्यानै कमजोर हुन्छ । त्यसमाथी खान मन लाग्दैन । अहिले यस्तो लक्षण देखिएका बिरामी बढेका छन् । 

अस्पतालमा बिरामीको चापः

पर्वत जिल्ला अस्पतालमा दैनिक उपचार गर्न आउनेको संख्या पहिलको तुलनामा दोब्बर बन्दै गएको छ । पहिले दिनमा मुश्कीलले ३०/४० जना विरामी पनि नआउने अस्पतालमा गर्मीसिँगै विारमीको चाप बढेको छ । अहिले दिनमा १ सय भन्दा बढी विरामी आउने गरेको जिल्ला अस्पातलले जनाएको छ । त्यसैगरी कुश्मा बजारमा रहेको अन्य नीजि क्लिनिकहरुमा पनि विरामीको संख्या बढेको देखिन्छ । बर्षाका कारण प्रदुषित पानीको प्रयोग, फोहोर तथा बासी सडेगलेको खानेकुरा र व्यक्तिगत सरसफाइमा हेलचक्राई गर्नाले पनि जिल्लामा ज्वरो, टाइफाइ तथा अन्य सरुवा रोग भएकाले भाइरल ज्वरो र झाडापखालाको प्रकोप बढेको डाक्टरले बताएका छन् । भाइरल ज्वरोलाई सामान्य रुपमा लिँदै हेलचेक्राईं गर्दा विरामी हुने बढ्दै गएका हुन् ।

अहिले घाम लाग्दा कडा घाम लाग्ने र सँगसँगै पानी पनि पर्ने भएकाले मौसमी इन्फ्लुएन्जाको संक्रमण बढेको हो । अहिलेको ज्वरो र झाडापखाला एक बाट अर्कोमा सर्ने भएकाले सामान्य सतर्कता नअपनाउँदा अरुलाई पनि सर्ने गरेको छ । 

के हो भाइरल ज्वरो ? 

सामान्य भाषामा इन्फ्लुएन्जा वा फ्लुलाई भाइरल ज्वरो भनिन्छ । एक्कासी ज्वरो आउने, खुट्टा देखि टाउको सम्म पुरै जीउ दुख्ने, श्वासप्रश्वासमा अप्ठ्यारो हुने, बेला बेला झन्झनी टाउको दुख्ने, आखाँ रसिला हुने, वाकवाकी लाग्ने जस्ता लक्षण देखा परेमा त्यसलाई इन्फ्लुएन्जा भनिन्छ । बदलिँदो मौसम, वायु प्रदूषण तथा दुषित पानीका कारण भाइरलको संक्रमण बढी हुन्छ । 

ज्वरो रोग होइन तर रोगको लक्षण 

सुक्ष्म जीवाणु ब्याक्टेरिया, भाइरस र फन्गसले शरीरका जुनसुकै अंगमा असर गरेपछि ज्वरो आउनु सामान्य प्रक्रिया हो । शरीरको कुनै पनि भागमा इन्फेक्सन भएपछि हनहनी ज्वरो आउने गर्छ । उदाहरणका लागि निमोनिया भयो भने पनि ज्वरो आउँछ जुन फोक्सोको इन्फेक्सन हो । दीर्घ रोगका कारण पनि बेलाबेला ज्वरो आउँने गर्छ । ज्वरो आएर अस्पताल पुग्ने बिरामीमा किन ज्वरो आयो भनेर यसको कारण खोज्ने काम हुन्छ । कारण पत्ता लगाएर उपचार गरिन्छ । त्यसैले ज्वरो आफैमा रोग नभएर रोगको लक्षण मानिन्छ । 

अहिलेको ज्वरो सिजनल फ्लु

अहिलेको ज्वरो सिजनल फ्लु हो । भाइरल ज्वरो हावाको माध्यमबाट सर्ने भएकाले यसको प्रभाव जाडो मौसममा भन्दा बढि गर्मी मौसममा देखिन्छ । यो खासगरी इन्फ्लुएन्जा भाइरस ए र बी ले धेरै गरेको हुन्छ ।

यसलाई भाइरल फिवर पनि भनिन्छ । यसैका कारणले पनि अन्य रोग जस्तै निमोनिया, झाडापखाला हुन सक्छ र बिरामीको ज्यान जान सक्छ । बेलैमा उपचार हुन नसकेमा भाइरल ज्वरो आफैमा पनि अरु रोगको कारण बन्न सक्छ । 

कसरी सर्छ भाइरल ज्वरो ?

भाइरल ज्वरो सरुवा रोग हो । त्यसैले रोग लागेको मानिसले खोक्दा खकार र थुकका कण, हाँच्छिउ गर्दा तरल पदार्थ हावाको माध्यमबाट किटाणु अर्को स्वच्छ मानिसको शरीरमा सर्छ । खकार, र्रुयाल र सिंगानका कणबाट वातावरणमा भाइरस निस्कन्छन् र नजिकै बसेको मानिसले सास फेर्दा यो भाइरस सर्दछ । हावामा खेलिरहेका किटाणु श्वासप्रश्वासबाट, खाना र पानीमा रहेका किटाणु सिधै शरीरमा पुग्छन् । भाइरस शरीरमा पुगेसँगै रगतमा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउँछ ।

ज्वरोका कारण शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ र भाइरसको शक्ति बलियो हुन्छ । भाइरस जव बलियो बन्छन् बिस्तारै संक्रमितले कमजोर अनुभव गर्छ । सामान्य अवस्थामा भाइरल ज्वरो तीन दिनमा निको हुने भए पनि एक हप्तासम्म खोकी सँगै शरीर कमजोर हुनसक्छ । तर ज्वरोसँगै झाडापखाला र बिरामी बेहोस हुने भएमा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्र लैजानुपर्छ ।

झाडापखाला कसरी लाग्छ  ?

बाँच्नका लागि खाना र पानी अनिवार्य छ । तर त्यही खाना र पानी दुषित हुँदा र आफ्नै आनिबानीका कारण झाडापखाला लाग्छ । गर्मी मौसममा तापक्रम बढी हुँदा रोग सार्ने किटाणु बढी सक्रिय हुन्छन् । गर्मीमा खानेकुरामा, पानीमा रोगका किटाणुले छिट्टै समात्छ । लामो समय नछोपेको खाना, ढल मिसिएको र फोहोर पानी खादाँ झाडापखाला सार्ने किटाणुले सिधै पेटमा असर गर्छ ।

भाइरलमै पनि झाडापखाला हुन्छ तर झाडापखाला लाग्ने अरु पनि माध्यम छन् । बालबालिकामा सबैभन्दा बढी झाडापखाला गराउने भाइरसलाई रोटा भाइरस भनिन्छ । भाइरल ज्वरो र झाडापखालाका केही मिल्दाजुल्दा लक्षण भएकाले एकआपसमा केही सम्बन्ध रहने डाक्टर बस्नेतको भनाई छ । 

झाडापखाला र भाइरल ज्वरोको सम्बन्ध के छ ?

भाइरल ज्वरोमै पनि झाडापखाला हुन्छ । नेपालको सन्दर्भमा भाइरल ज्वरो, झाडापखाला जस्ता रोगहरुको एकआपसमा अन्तरसम्वन्ध रहेको डा. बस्नेत बताउँनुहुन्छ ।

भाइरल ज्वरोका लक्षण

१ सय २ देखि ३/४ डिग्री सम्मको हनहनी ज्वरो सँगै पशिना आउने र रोकिने हुन्छ ।

बेला बेला चिसो महसुस हुन्छ ।

खोकी लाग्छ । घाँटी दुख्छ । हाँच्छिउ सँगै नाकबाट पानी     बग्छ । 

टाउको, शरीर तथा हाडजोर्नी कट्कट दुख्छ ।

अनुहार सुन्निने र आँखा रातो    हुन्छ ।

वाकवाकी लाग्ने, वान्ता हुने, पेट बटार्ने र झाडापखाला लाग्ने     हुन्छ ।

भाइरल ज्वरो र झाडापखालाबाट बच्ने उपाय

हावा, पानी, खाना र लामखुट्ट्को टोकाइ लगायतका कारणले भाइरल ज्वरो आउँछ । त्यसैले सकेसम्म एक अर्कामा हात नमिलाउँदा, समुहमा नबस्दा, हाच्छ्युँ गर्दा रुमालले नाक मुख छोप्न सके, सार्वजनिक ठाउँमा हिँडडुल गर्दा मास्क लगाउने गर्दा र बिरामीसँग एक मिटर टाढा बस्न सके यस्ता संक्रमणबाट जोगिन सकिन्छ । 

जानिराखौं घरेलु उपचार विधी

सामान्य लक्षण देखिएको बेला बिरामीले घरमै आराम गर्नु राम्रो उपाय हो । इन्फ्लुएन्जाबाट ज्वरो आएको वा झाडापखाला भएको हो भने प्रशस्त मात्रामा झोलिलो जस्तै दालको झोल, मनतातो पानी खुवाएर जलवियोजन हुनबाट जोगाउन सकिन्छ ।किनभने जति बढी सफा पानी खायो त्यति नै छिटो पानी रगतमा फैलन्छ र भाइरसलाई पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्छ । सामान्य लक्षणको घरमै उपचार गर्न सकिए पनि थप सल्लाह र औषधि खानुपरे नजिकैको अस्पतालको स्वास्थ्य संस्थामा जानुपर्छ । 

ध्यान दिनैपर्ने कुरा

बालबालिका बिरामी परेमा साबिकभन्दा बढी मात्रामा आमाको दूध चुसाउनु पर्छ । तर दुई महिनाभन्दा साना बालबालिकामा इन्फ्लुएन्जा भएमा वा झाडापखालाले सिकिस्त भएमा ज्यानै जान सक्छ । त्यसैले बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगीले बेलैमा डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ ।

अरु बिरामीले प्रशस्त मात्रामा उमालेको तर मनतातो पानी पिउने, बासी खाना, नास्ता तथा चिसो पदार्थ सेवन नगर्ने, तातोपानीको वाफ लिने, नुनपानी तथा बेसारले कुल्ला गर्ने अनि झाडापखाला लागेको छ भने जीवनजल अथवा नुनचिनी पानी बेला बेला पिउँन डाक्टरको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै