२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा मन्त्रीहरुको लर्को

२०७२, ५ चैत्र शुक्रबार ०४:३२

धादिङ– चार महिनायता
धादिङमा २० जना मन्त्रीहरु २१ पटक आइसकेका छन् । उनीहरू कुनै विकास योजना उद्घाटन, भूकम्पपीडितलाई राहत
वा पुनर्निर्माणका काममा सघाउन आएका भने होइनन् ।

ति मन्त्रीहरु
गाउँ र विद्यालय तहका भलिबल प्रतियोगिता, सप्ताह, अवलोकन, विद्यालयको वार्षिकोत्सव, गैरसरकारी
संघसंस्थाले खर्च बेहोरेको अनुगमन, सहकारीका वार्षिक साधारण सभाको प्रमुख अतिथि बनेर आएका हुन् ।
कार्यक्रममा मन्त्रीको उपस्थिति गराएर शक्ति प्रदर्शन गर्न जिल्ला स्थित राजनीतिक दलका कार्यकर्ताको
होडबाजी नै छ ।

एक महिनामै दुई पटक धादिङ आएका आपूर्ति मन्त्री
गणेशमान पुनले धुसाको चरौंदीमा आयोजित स्थानीय सहकारीको वार्षिक साधारण सभा र भलिबल प्रतियोगिता उद्घाटन
गरे । त्यस्तै फागुन तेस्रो साता आएका गृहमन्त्री शक्तिबहादुर बस्नेतले पार्टी समर्थित क्रान्तिकारी
पत्रकार संघको साधारण सभा उद्घाटन गरे ।

फागुन ११ गते
हेलिकप्टरबाट उत्रेका रक्षामन्त्री भीम रावलले पूर्वस्थानीय विकासमन्त्री राजेन्द्र पाण्डेको समेत लगानी
रहेको आँखु खोलास्थित साढे आठ मेगावाटको जलविद्युत् आयोजना अवलोकन गरे । त्यस्तै सल्यानकोट गाविसमा
एमाले पार्टीकार्यालयको उद्घाटन गरेर फर्के । उता फागुन १२ मा आएका वन तथा भूसंरक्षण मन्त्री अग्नि
प्रसाद सापकोटाले ज्यामरुङस्थित सामुदायिक विद्यालयबाट उत्तीर्ण छात्रछात्रालाई प्रमाण पत्र वितरण गरे

गत पुस २६ मा स्थानीय संस्था प्रयास नेपाल र हिमालयन हेल्थ
केयरको खर्चमा तिप्लिङ पुगेकी पशु विकासमन्त्री शान्ता मानवीले भूकम्पले नोक्सान भएका घरपालुवा
पशु-वस्तुको रकम वितरण गरिन् । माघ ७ गते सदरमुकाम आएका भूमिसुधार तथा व्यवस्था मन्त्रीविक्रमबहादुर
थापाले राप्रपा नेपालका कार्यकर्तालाई प्रशिक्षण दिए । माघ १५ गते आएका युवा तथा खेलकुद मन्त्री
सत्यनारायण मण्डलले निर्वाचन क्षेत्र नम्बर २ को राष्ट्रपति रनिङ सिल्डको छनोट कार्यक्रम उद्घाटन गरे ।
माघ २३ गते सदरमुकाम आएका स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले तामाङ घेदुङ संघको रक्तदान
कार्यक्रम अवलोकन गरे । माघ १ गते सल्यानकोट ३ आएका शिक्षामन्त्री गिरिराजमणि पोखरेल स्थानीय नेत्रावती
सामुदायिक उच्चमाविको मुखपत्र पुस्तक विमोचन गरेर फर्किए । आजको  कान्तिपुरमा खबर छ

यस्तै, फागुन १९ गते आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद
पोखरेल नलाङ १ स्थित श्रीमद्भागवत पुराण सुनेर फर्के । एक मन्त्री जिल्ला आउँदा नौबिसेबाट सदरमुकाम
आउजाउ गर्दा प्रहरी इस्कर्टिङ, कम्तीमा चारवटा जिप, दर्जनौं कार्यकर्ता, सुरक्षाकर्मीको खानपिन र
इन्धनको जोहो गर्न सरकारी अधिकारीलाई हम्मेहम्मे पर्छ । ती सबै खर्च सम्बन्धित मन्त्रालय मातहतका
कार्यालयले बेहोर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु