भदौ ८, काठमाडौं | काठमाडौं उपत्यकामा पनि स्क्रब टाइफसका बिरामी भेटिएको डाक्टरहरुले बताएका छन् । 

टेकु अस्पतालक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौं | काठमाडौं उपत्यकामा पनि स्क्रब टाइफसका बिरामी भेटिएको डाक्टरहरुले बताएका छन् । 

टेकु अस्पतालक"/>

2026-07-04 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा पनि भेटियो स्क्रब टाइफस रोग, कसरी बच्ने ?

भदौ ८, काठमाडौं | काठमाडौं उपत्यकामा पनि स्क्रब टाइफसका बिरामी भेटिएको डाक्टरहरुले बताएका छन् । 

टेकु अस्पतालका डा. शेरबहादुर पुनका अनुसार काठमाडौंका एक जना बिरामीमा स्क्रब टाइफस फेला परेको हो । स्क्रब टाइफस भएकालाई उच्च ज्वरो आउने भनिए पनि ज्वरो नआएकालाई पनि रोग लागेको डा. पुनले बताए ।

सामान्य खोकी र बिबिरा आएका बिरामीको रगत जाँच गरेपछि  स्क्रब टाइफस भएको पुष्टि भएको हो । फरक-फरक लक्षण देखिएका बिरामीमा स्क्रब टाइफस भएको पुष्टि भएकाले यसबाट जोगिन व्यक्ति आफै सचेत हुनुपर्नेमा डा. पुनको जोड छ ।

खोकी लागे, आँखा रातो भए, ज्वरो आए वा शरीरमा विवारा आए यो रोगको संक्रमण भएको हुन सक्छ । यस्ता लक्षण देखिना साथ उपचारमा गए साधारण औषधिले रोग निको हुने डा. पुनले बताए । स्क्रब टाइफस मुसा तथा जीवजन्तुमा पाईने किर्ना जस्ता स–साना किराको टोकाइका कारण लाग्छ ।

‘स्क्रब टाइफस’ का लक्षण र बच्ने उपाय ?

स्क्रब टाइफस एक किसिमको ज्वरो हो जसको उपचार समयमै नगरिएमा यसले शरीरको धेरै अंगमा फैलिएर हानी पुराउछ । प्राय गर्मी महिनामा देखिने यो रोग फैलिँदै गएमा महामारीको रुप पनि लिन सक्ने भएकाले यसबारे सामान्य जानकारी राखी सबै सजग हुन जरुरी छ ।

के बाट सर्छ स्क्रब टाइफस ? 

यो रोग “रिकेटसीया” (हालसालै यसलाई “ओरेन्सिया” भन्ने समुहमा राखिएको छ) भनिने एक सुक्ष्म ब्याक्टेरियाले गर्दा मानिसमा लाग्छ । मुसा, छुचुन्द्रो लगायतका जीवहरु यो ब्याक्टेरियाको भण्डार हुन् । ति जीवबाट स(साना “माइट” भनिने किर्नाले मान्छेमा रोग सार्ने काम गर्छ । झार, चौर, घाँसपात, पुरानो काठहरुमा बस्ने यो किर्नाले सो व्याक्टेरिया मुसाहरुबाट मान्छेमा सारेपछि स्वस्थ मानिस यो रोगबाट संक्रमित हुन्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

यसका लक्षणहरु के के हुन् ?

सुरुमा यस रोगमा निम्न लक्षणहरु देखिन्छन् एकनासले ज्वरो आउने टाउको दुख्ने पसिना आउने आँखा ओरीपरी दुख्ने थकाई लाग्ने कमजोर हुने खोकी लाग्ने पाँचौ देखि सातौ दीनमा घाँटी वरीपरी रातो विमिरा देखिने गर्छ, जुन पछि पेट, अनुहार, हात र खुट्टामा पनि फैलिदै जान्छ घाँटी ओरीपरीका ग्रन्थीहरु सुन्निएर गिर्खा बन्न सुरुको लक्षण देखिदै उपचार नगरिएमा यो रोग शरीरको अन्य भागमा फैलिदै जान्छ । त्यसपछि यस रोगको कडा लक्षणहरु देखा पर्छ । सास फेर्न गाह्रो हुने, मुटु, मृगौलाले काम गर्न छोड्ने र अन्त्यमा यस रोगले दिमागलाई असर गरेर बिरामीको मृत्यु पनि गराउन सक्छ ।

यो रोगको जांच कसरी गर्ने ?

माथिका लक्षणहरु देखा परेमा तुरुन्त नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाइहाल्नुपर्छ । रगतमा एन्टीजेनको एक प्रकारको जाँच गरेपछि यो रोग लागेको हो या हैन थाहा पाउन सकिन्छ ।

उपचार कसरी गर्ने ? 

रोग लागेको पक्का भएपछी चिकित्सकको सल्लाह अनुसार पुरा डोजको एन्टीबायोटिक प्रयोग गरेमा यो रोग निको हुन्छ ।

यो रोगबाट कसरी बच्ने ?

खेतबारीमा काम गर्ने किसानहरु, झाडी र घाँसमा खेल्ने बच्चाहरुमा यो रोग सर्ने संभावना धेरै हुने हुनाले सजगता अपनाउन जरुरी हुन्छ । त्यस्ता किरा, किर्ना, मुसा, छुचुन्द्रो घर वरीपरी देखिएमा किटनासक औषधि प्रयोग गर्नुपर्छ । साथै रोग लागेको संका लागेमा र त्यस्तो संकास्पद लक्षण देखिएमा तुरुन्त अस्पताल गएर जचाउनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै