पुस २६, वीरगञ्ज । बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन  जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीका नेतृत्वमा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, वीरगञ्ज । बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन  जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीका नेतृत्वमा क"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

२०७८, २६ पुष सोमबार ०६:३२

पुस २६, वीरगञ्ज । बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन  जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीका नेतृत्वमा कर्मचारी टोली सो स्थानमा पुगेको थियो व्यापारीको अवरोधपछि सो टोली  अनुसन्धान नगरी फर्किएको छ  । 

स्थानीय व्यापारीले अनुसन्धानलाई पूर्ण प्रभाव पार्ने  गरी अवरोध सिर्जना गरेपछि आफूहरु अनुसन्धान नगरी  फर्किन बाध्य भएको  कार्यालय सूचना अधिकारी गौरव पन्थीले  राससलाई जानकारी दिनुभयो ।  गोप्य सूचनाका आधारमा राजस्व छली ल्याइएको सामग्री  कार्यालयको टोली नियन्त्रणमा लिन पुगेको थियो । टोली पुगेपछि स्थानीय हुलहुज्जतसहित व्यवसायीले अनुसन्धानमा अवरोध सिर्जना गरेपछि कर्मचारी अनुसन्धान बिना फर्किएको उहाँले बताउनुभयो  । राजस्व छली भित्र्याइएको विभिन्न सामान नियन्त्रणमा लिन बाराको सिमरा उपमहानगरपालिका जितपुरबजार स्थित केही  गोदाममा  राजस्व अनुसन्धान कार्यालयको टोली पुगेको थियो  । 

राजस्वको टोलीले ती सामान नियन्त्रणमा लिन खोजेपछि केही व्यापारीले अवरोध सिर्जना गरी दुई घण्टासम्म सडक अवरुद्ध पारेका थिए । पछि नेपाली सेनाको टोलीले सडक सुचारु गराएको थियो । घटनामा सम्लग्न व्यसायीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने कर्याालयले जनाएको  छ । कार्यायका अनुसार जितपुर क्षेत्रको केही स्थानमा राजस्व छली गरी ल्याइएको माल सामान बिक्री वितरण गर्ने गरिएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा