पुस २८, महेन्द्रनगर | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, महेन्द्रनगर | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्त"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘पर्यटकीय दृष्टिकोणले मझगाँउ विमानस्थल आवश्यक’

२०७८, २८ पुष बुधबार ०८:१६

पुस २८, महेन्द्रनगर | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको विमानस्थल सञ्चालनमा आउन सके भारतलगायत अन्यत्र मुलुकबाट पनि पर्यटकलाई यहाँ आउन सहज हुने छ भन्नुभयो । दुई दशक भन्दा बढी समयदेखि सञ्चालनमा आउन नसकेको विमानस्थलको क्षेत्रफल विस्तारसमेत गरिने उहाँको भनाइ छ ।“२०३० देखि ०५६ सालसम्म सञ्चालनमा आएको विमानस्थल त्यसपछि बन्द रहेछ ।” उहाँले भन्नुभयो,“आगामी तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का दिइएको छ ।”

उहाँले धनगढीको विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल बनाउने आश्वासन विगतमा दिए पनि  आफू मन्त्री भएपछि त्यसका लागि रु  एक अर्ब बजेट विनियोजन गरेर काम अघि बढेको जानकारी दिनुभयो । “राजमार्गदेखि मझगाउँ विमानस्थलसम्मको सडक चार लेनको बनाउन डिजाइन गर्न पनि भनिसकेको छु ।” उहाँले भन्नुभयो,“त्यसका लागि यहाँबाट गएर छलफल गरेर बजेट विनियोजन गर्छु ।”विमानस्थल स्तरोन्नतिमा यहाँका पालिका र प्रदेश सरकारले पनि आवश्यक समन्वय र सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रु ४५ करोड ६६ लाख बजेट रहेको उक्त निर्माण कार्यको जिम्मेवारी कान्छाराम केस जेभीले पाएको छ । 

विमानस्थलमा एक हजार ५०० मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्याण्डलगायतका संरचना निमार्ण हुनेछन् । शिलान्यास कार्यक्रममा मन्त्री आलेसँगै सुदूरपश्चिम प्रदेशका मन्त्री, प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री, स्थानीय तहका नगरप्रमुख लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा