पुस २८, महेन्द्रनगर | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, महेन्द्रनगर | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्त"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘पर्यटकीय दृष्टिकोणले मझगाँउ विमानस्थल आवश्यक’

२८ पुष २०७८, बुधबार ०८:१६

पुस २८, महेन्द्रनगर | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको विमानस्थल सञ्चालनमा आउन सके भारतलगायत अन्यत्र मुलुकबाट पनि पर्यटकलाई यहाँ आउन सहज हुने छ भन्नुभयो । दुई दशक भन्दा बढी समयदेखि सञ्चालनमा आउन नसकेको विमानस्थलको क्षेत्रफल विस्तारसमेत गरिने उहाँको भनाइ छ ।“२०३० देखि ०५६ सालसम्म सञ्चालनमा आएको विमानस्थल त्यसपछि बन्द रहेछ ।” उहाँले भन्नुभयो,“आगामी तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का दिइएको छ ।”

उहाँले धनगढीको विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल बनाउने आश्वासन विगतमा दिए पनि  आफू मन्त्री भएपछि त्यसका लागि रु  एक अर्ब बजेट विनियोजन गरेर काम अघि बढेको जानकारी दिनुभयो । “राजमार्गदेखि मझगाउँ विमानस्थलसम्मको सडक चार लेनको बनाउन डिजाइन गर्न पनि भनिसकेको छु ।” उहाँले भन्नुभयो,“त्यसका लागि यहाँबाट गएर छलफल गरेर बजेट विनियोजन गर्छु ।”विमानस्थल स्तरोन्नतिमा यहाँका पालिका र प्रदेश सरकारले पनि आवश्यक समन्वय र सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रु ४५ करोड ६६ लाख बजेट रहेको उक्त निर्माण कार्यको जिम्मेवारी कान्छाराम केस जेभीले पाएको छ । 

विमानस्थलमा एक हजार ५०० मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्याण्डलगायतका संरचना निमार्ण हुनेछन् । शिलान्यास कार्यक्रममा मन्त्री आलेसँगै सुदूरपश्चिम प्रदेशका मन्त्री, प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री, स्थानीय तहका नगरप्रमुख लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन