पुस २९, चितवन | गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, चितवन | गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गैँडाको खाग चोरी निकासी गर्ने फरार प्रतिवादी पक्राउ

२०७८, २९ पुष बिहीबार १०:२८

पुस २९, चितवन | गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १:३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो । 

विसं २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी दुई गैँडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँ र निकुञ्जको संयुक्त टोलीले पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । 

गैँडा मारी खाग चोरी शिकारी गरी फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । सो घटनामा उनीसँगै  १३ जना सहभागी रहेको खुल्न आएको भए पनि हालसम्म ११ जनालाई पक्राउ गरी अदालतमा बुझाइएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई २८ गते नै नवलपुर जिल्ला अदालतमा बुझाइएको सूचना अधिकारी तिवारीले बताउनुभयो । यस मुद्दामा अझै दुई जना फरार रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से