पुस २९, चितवन | गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, चितवन | गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गैँडाको खाग चोरी निकासी गर्ने फरार प्रतिवादी पक्राउ

२९ पुष २०७८, बिहीबार १०:२८

पुस २९, चितवन | गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १:३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो । 

विसं २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी दुई गैँडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँ र निकुञ्जको संयुक्त टोलीले पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । 

गैँडा मारी खाग चोरी शिकारी गरी फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । सो घटनामा उनीसँगै  १३ जना सहभागी रहेको खुल्न आएको भए पनि हालसम्म ११ जनालाई पक्राउ गरी अदालतमा बुझाइएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई २८ गते नै नवलपुर जिल्ला अदालतमा बुझाइएको सूचना अधिकारी तिवारीले बताउनुभयो । यस मुद्दामा अझै दुई जना फरार रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की