२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रोकिएनन् चोरीका घटनाः सुरक्षा प्रबन्धमाथि चुनौती

३० पुष २०७८, शुक्रबार ०९:१६

पुस ३०. बागलुङ | दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो । लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद रु छ लाख ५४ हजार लगे । सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताउनुभयो । “सबैभन्दा सुरक्षित मानिएको भल्टबाटै पैसा चोरी भएको छ, यो घटनाले वित्तिय क्षेत्रमै चुनौती थपेको छ”, उहाँले भन्नुभयो । सिसी क्यामेरामा कैद दृश्यमा तीन जनाले चार घण्टा लगाएर पैसा लुटेको देखिएको सहसचिव आचार्यले बताउनुभयो । सहकारीले घटनाको छानबिन र दोषीलाई कानुनी कठघरामा ल्याउन माग गर्दै प्रहरीमा निवेदन दिएको छ । 

गलकोट नगरपालिका–३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार त्यसको चार दिनअघि मात्रै हटियाकै केही घरमा चोरले लुटपाट मच्चाएका थिए । यी त चोरीका पछिल्ला प्रतिनिधि घटना मात्रै हुन् । विगत डेढ वर्षलाई हर्ने हो भने गलकोटमा चोरीका शृङ्खाबद्ध घटना भएका छन् । नगद, गरगहना, महँगा वस्तुलगायत गरी लाखौँको लुटपाट भएको छ । अघिल्लोे वर्षको असोजमा गलकोट–२ नरेठाँटीका ज्येष्ठ दम्पतीलाई बन्धक बनाएर धनमाल लुटेको घटनायता त्यस क्षेत्रमा चोरको बिगबिगी नै चलेको छ । 

व्यक्तिका घरदेखि पसल, सहकारीसम्म गरी दर्जनौँ ठाउँमा चोरी भएको छ । लगातारजसो चोरीका घटना हुँदा पनि लुटेरा पक्राउ पर्न सकेका छैनन् । प्रहरी अनुसन्धान सोधपुछमै सीमित छ । कतिपय घटनामा त प्रहरी पुग्नै सकेको छैन । पीडित र स्थानीयवासीले भने प्रहरी अनुसन्धान फितलो र निष्प्रभावी भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

चोरी नियन्त्रणमा प्रहरी संवेदनशील नबनेको उनीहरुको गुनासो छ । “घटनाका प्रकृति हेर्दा चोरीमा पशेवर गिरोह नै सक्रिय भएको देखिन्छ, प्रहरीले अनुसन्धान गरिरहेको भनिए पनि अहिलेसम्म खास उपलब्धि देखिएको छैन”, वडाध्यक्ष भण्डारीले भन्नुभयो । प्रहरीसँग पनि अनुसन्धानका लागि स्रोतसाधन र जनशक्तिको कमी रहेको उहाँको बुझाइ छ । शृङ्खलाबद्ध रुपमा चोरीका घटना हुँदा गलकोट क्षेत्रको सुरक्षा प्रबन्धमै गम्भीर प्रश्नहरु उब्जिएका छन् । मानिसहरुमा त्रास छ । असुरक्षा बढेको छ ।

हटिया प्रहरीचौकीका प्रमुख प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माले पछिल्लोपटक सहकारीमा भएको चोरीको घटनामा स्थलगत अनुसन्धान सकिएको बताउनुभयो । “अब प्राविधिक अनुसन्धानको पाटो बाँकी छ, आशा गरौँ अपराधी पत्ता लाग्नेछन्”, उहाँले भन्नुभयो । सिसी क्यामेरामा कैद दृश्य अस्पष्ट भएकाले पनि अनुसन्धान जटिल बनेको प्रहरीले जनाएको छ । 

प्रहरी नायब निरीक्षक शर्माका अनुसार मध्यरात १२ बजेदेखि ३ बजेभित्रको समयमा सहकारीमा चोरी भएको थियो । “त्यस समयमा कुनै मोबाइल प्रयोग भएको थियो की ? भनेर पनि हामी हेर्देछौँ, अन्य प्रमाण पनि खोज्दैछौँ”, उहाँले भन्नुभयो । चोरीलगायत अपराध न्यूनीकरणमा समुदायको पनि सहयोग चाहिने उहाँले बताउनुभयो । त्यो घटनाको अनुसन्धानमा स्थानीयवासीले नसघाएको प्रहरीको गुनासो छ । वडाध्यक्ष भण्डारीले चोरीका घटना हुन नदिन व्यक्ति, परिवार र समाज स्वयं पनि जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । “टोल, बस्तीमा स्वयंसेवी समूह बनाउने, निगरानी गर्ने, सिसी क्यामेरा राख्ने, घर, पसल, व्यवसायको सुरक्षा मजबुद पार्ने गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय प्रहरीले हटियालगायत बजार क्षेत्रमा रात्रिकालीन गस्ती पनि सुरु गरेको छ । सादा पोशाकका प्रहरीलाई पनि शङ्कास्पद ठाउँमा पठाउने गरिएको प्रनानि शर्माले बताउनुभयो । प्रहरीले चोरी हुन नदिन सुरक्षाका उपाय अपनाउन, धनमाल र गरगहना घरभित्रै छाडेर बाहिर नजान, शङ्कास्पद व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

जनप्रतिनिधिका तर्फबाट गलकोटमा भइरहेका चोरीका घटनालाई लिएर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गरिए पनि खास सुनुवाइ हुन नसकेको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । यतिका घटना हुँदा पनि अपराधी पत्ता लाग्न नसक्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ । “कि त प्रहरीको अनुसन्धान प्रक्रियामै त्रुटि छ, कि प्रहरीले घटनाप्रति चासो दिएकै छैन”, नगरप्रमुख शर्माले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य