२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

धार्मिक महोत्सव स्थगित

२०७८, ३० पुष शुक्रबार ०९:३५

पुस ३०, बागलुङ | काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव स्थगन गरिएको आयोजक बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिनुभयो ।

“अहिलेलाई महोत्सव स्थगन गर्ने निर्णय गर्यौँ, स्थिति सहज भएपछि नयाँ मितिमा आयोजना हुन्छ”, उहाँले भन्नुभयो । परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर समाज र त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रमको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको थियो ।

त्यहाँ रहेको गुरुकुल पाठशाला विगतको सशस्त्र द्वन्द्वका बेला बन्द हुन पुगेको थियो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा खुलेको संस्कृत गुरुकुल पुनःसञ्चालनका लागि आर्थिक जोहो गर्न महोत्सव हुन लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह