२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

माघी पर्वका लागि तरुल किन्नेको भीड

२०७८, ३० पुष शुक्रबार १०:०१

पुस ३०, डोटी | जिल्लामा माघी पर्व नजिकिएसँगै यहाँका सहर तथा गाउँघरका बजारमा तरुल, पिडालु सखरखण्डलगायत कन्दमुल किन्न मानिसको निकै भीड बढ्न थालेको छ । 

यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, सिलगढी तथा अन्य बजार बुडर, गैरा, विपीनगरमा जङ्लमा पाइने तरुल किन्नेको निकै भीड लाग्न थालेको छ । माघी पर्वका लागि भन्दै जिल्ला बाहिर गएका पनि घर फर्किन थालेपछि यहाँ चहलपहल बढ्दै गएको हो । 

जिल्लामा अहिले जङ्गली तरुलको मूल्य ठाउँअनुसार प्रतिकिलो रु ८० देखि रु १०० सम्म पर्ने गरेको जोरायल गाउँपालिका–१ गैराकी भावना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “माघ १ गते जङ्गली तरुल खानुपर्छ भन्ने धार्मिक मान्यताले किन्ने व्यक्तिको भीड बढेको हो, तरुलको मूल्य पनि एकाएक वृद्धि भएको छ ।”

कामका लागि भारतमा गएका पनि अहिले धमाधम आफ्ना घर फर्किन थालेका र उनीहरुसँगै कोरोना भाइरस पनि आउने क्रम बढेको भन्दै  गाउँघरका तरुल व्यापारी तरुल लिएर बजारमा आउन कम गरेकाले सहर बजारमा जङ्गली तरुलको अभाव भएको देउवा तरकारी तथा फलफूल पसलका सञ्चालक ध्वजबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्राहकले जङ्गली तरुल बढी खोज्छन्, कोरोना त्रासले गाउँबाट जङ्गली तरुल आएको छैन्, जङ्गली तरुल नपाउँदा घर करेसामै उत्पादन गरिएका तरुल बिक्री गर्दै आएका छौँ, माग बमोजिम त्यही पनि पुग्दैन ।” देउजाका  अनुसार अहिले दिपायल, राजपुर तथा पिपल्ला बजारमा मात्रै दैनिक कम्तीमा पनि एक क्विण्टल घरेलु तरुल बिक्री हुँदै आएको छ ।

कोरोना महामारीको त्रासले यहाँका बजारमा पहिलेको वर्षजस्तो तरुल व्यापार भने नभएको सम्बद्ध व्यापारीको भनाइ थियो  । गाउँबाट जङ्गली तरुल नआएका कारण यहाँका गाउँघरमा उत्पादन गरिएका घरेलु तरुलको मूल्य बढेको दिपायल राजपुरका  चक्रबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँबाट जङ्गली तरुल आउन छोड्यो, घरेलु तरुलको पनि मूल्य बढेको र मुस्किलले पाउन थालेको छ, पहिले रु ४० मा पाउने घरेलु तरुल अहिले एकाएक रु १०० भयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से