२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

माघी पर्वका लागि तरुल किन्नेको भीड

३० पुष २०७८, शुक्रबार १०:०१

पुस ३०, डोटी | जिल्लामा माघी पर्व नजिकिएसँगै यहाँका सहर तथा गाउँघरका बजारमा तरुल, पिडालु सखरखण्डलगायत कन्दमुल किन्न मानिसको निकै भीड बढ्न थालेको छ । 

यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, सिलगढी तथा अन्य बजार बुडर, गैरा, विपीनगरमा जङ्लमा पाइने तरुल किन्नेको निकै भीड लाग्न थालेको छ । माघी पर्वका लागि भन्दै जिल्ला बाहिर गएका पनि घर फर्किन थालेपछि यहाँ चहलपहल बढ्दै गएको हो । 

जिल्लामा अहिले जङ्गली तरुलको मूल्य ठाउँअनुसार प्रतिकिलो रु ८० देखि रु १०० सम्म पर्ने गरेको जोरायल गाउँपालिका–१ गैराकी भावना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “माघ १ गते जङ्गली तरुल खानुपर्छ भन्ने धार्मिक मान्यताले किन्ने व्यक्तिको भीड बढेको हो, तरुलको मूल्य पनि एकाएक वृद्धि भएको छ ।”

कामका लागि भारतमा गएका पनि अहिले धमाधम आफ्ना घर फर्किन थालेका र उनीहरुसँगै कोरोना भाइरस पनि आउने क्रम बढेको भन्दै  गाउँघरका तरुल व्यापारी तरुल लिएर बजारमा आउन कम गरेकाले सहर बजारमा जङ्गली तरुलको अभाव भएको देउवा तरकारी तथा फलफूल पसलका सञ्चालक ध्वजबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्राहकले जङ्गली तरुल बढी खोज्छन्, कोरोना त्रासले गाउँबाट जङ्गली तरुल आएको छैन्, जङ्गली तरुल नपाउँदा घर करेसामै उत्पादन गरिएका तरुल बिक्री गर्दै आएका छौँ, माग बमोजिम त्यही पनि पुग्दैन ।” देउजाका  अनुसार अहिले दिपायल, राजपुर तथा पिपल्ला बजारमा मात्रै दैनिक कम्तीमा पनि एक क्विण्टल घरेलु तरुल बिक्री हुँदै आएको छ ।

कोरोना महामारीको त्रासले यहाँका बजारमा पहिलेको वर्षजस्तो तरुल व्यापार भने नभएको सम्बद्ध व्यापारीको भनाइ थियो  । गाउँबाट जङ्गली तरुल नआएका कारण यहाँका गाउँघरमा उत्पादन गरिएका घरेलु तरुलको मूल्य बढेको दिपायल राजपुरका  चक्रबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँबाट जङ्गली तरुल आउन छोड्यो, घरेलु तरुलको पनि मूल्य बढेको र मुस्किलले पाउन थालेको छ, पहिले रु ४० मा पाउने घरेलु तरुल अहिले एकाएक रु १०० भयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने