माघ ५, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढ–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा एकीकृत बस्ती निर्माण कार्य अधुरै रहेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण थालिए पनि त्यसले पूर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढ–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा एकीकृत बस्ती निर्माण कार्य अधुरै रहेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण थालिए पनि त्यसले पूर"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बुवालुङमा एकीकृत बस्ती निर्माण अधुरै

५ माघ २०७८, बुधबार ०७:१४

माघ ५, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढ–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा एकीकृत बस्ती निर्माण कार्य अधुरै रहेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण थालिए पनि त्यसले पूर्णता पाउन सकेको छैन । 

उपभोक्ताको लापरवाहीले दुवै एकीकृत बस्तीको काम सम्पन्न हुन सकेको छैन । खावाडाँडामा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत २० परिवारका लागि बस्ती निर्माण थालिएको थियो । लाभग्राहीले पाउने पहिलो र दोस्रो किस्तावापतको रकम प्रतिपरिवार रु दुई लाख निकासा भए पनि घर बनाउने काम भने अधुरै रहेको पाइएको छ ।

पूर्वाधार विकासका लागि प्रतिपरिवार रु तीन लाखका दरले रकम लिए पनि काम अधुरै रहेको वडा सदस्य हरि चाम्लिङले बताउनुभयो । “निर्माणाधीन संरचना खण्डहर बन्दै गएको छ”, उहाँले भन्नुभयो, “लाखौँ लगानी बालुवामा पानी हाले जस्तै हुने देखिन्छ ।” खावाडाँडामा बस्ती निर्माण गर्न रु ६० लाख बजेट निकासा भएको वडाध्यक्ष लीला चौहानले बताउनुभयो । 

यस्तै उवाबारीमा पनि एकीकृत बस्ती निर्माण अधुरै छ । त्यहाँ २५ परिवारको घर निर्माणाधीन अवस्थामा छ । कतिपयले  घर सिस्ने हर्कटे सामुदायिक वनको जग्गामा निर्माण गरेको पाइएको वडा सदस्य चाम्लिङले बताउनुभयो । “एकीकृत बस्ती भनेर अनकन्टार ठाउँमा संरचना निर्माण सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “निर्माण गरिए पनि प्रयोगमा आउने अवस्था छैन ।” बुवालुङमा सञ्चालित कतिपय योजनामा आर्थिक अनियमितता भएको स्थानीयवासीको आरोप छ ।  नगरपालिकामा पटक–पटक गुनासो गर्दा पनि वास्ता नगरेको स्थानीयको गुनासो छ । बुवालुङस्थित मध्यपहाडी लोकमार्गबाट वडा कार्यालयसम्मको सडक निर्माण कार्य गुणस्तरहीन भएको स्थानीयवासीको आरोप छ । रु ८३ लाखको लागतमा निर्माणाधीन उक्त सडकमा सोलिङ र डन्डीबिनै ढलान गरिएको स्थानीय कृष्ण बुढाथोकीले बताउनुभयो ।

हरिकुमार खत्रीको अध्यक्षतामा बनेको उपभोक्ता समितिले २०७८ असोजमा नगरपालिकासँग सम्झौता गरेको थियो । लोकमार्ग निर्माणको जिम्मा ‘रमण गोल्डेन जुड जेबी’ले पाएको छ । सडक निर्माण गर्न बजेट  कम भएकाले रड र सोलिङबिना भइरहेको वडाध्यक्ष चौहानको भनाइ छ । यस्तै बुवालुङस्थित अन्नपूर्ण माविको सिँढी तथा पर्खाल निर्माणमा पनि आर्थिक अनियमितता भएको गुनोसो स्थानीयले गरेका छन् । सो कार्यका लागि रु २० लाख निकासा भएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताउनुभयो । विष्णुमाया थापा अध्यक्ष रहेको उपभोक्ता समितिले सो कार्यका लागि नगरपालिकासँग सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान