६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन स्रष्टालाई विसं २०७८ को भैरव पुरस्कार

१६ माघ २०७८, आईतवार ०६:२८

माघ १६, काठमाडौँ | नेपाली साहित्यका विराट प्रतिभा एवं हास्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारबाट यसवर्ष तीन जना स्रष्टालाई सम्मान गरिने भैरव पुरस्कार गुठीले जनाएको छ । 

जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने छ । यो पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । पहिलो पटक यसै वर्षदेखि घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ   ।

पुरस्कारको राशि रु एक लाख एक हजार १११ रहेको छ । नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टालाई अब वर्षेनि यो पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरले जानकारी दिनुभयो । 

त्यस्तै रु ५५ हजार ५५५ रुपैया राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार बिमल भौकाजीलाई प्रदान गरिने भएको  छ । पुरस्कार प्राप्तकर्ताको नाम छनोट गर्न गुठीले व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहनुभएको समिति गठन गरेको थियो । कोभिड–१९ को कहर कम हुने वित्तिकै औपचारिक कार्यक्रम गरी पुरस्कार प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने