२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप

२०७८, २१ माघ शुक्रबार ०९:४७

माघ २१, बैतडी | सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लामा हालसम्म १६ लाख ६ हजार ६७३ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । खोपको पूर्ण मात्रा भने ११ लाख चार हजार ९४६ जनाले लगाएका छन् ।

प्रदेशमा सबैभन्दा बढी कैलालीमा चार लाख ७२ हजार ९७४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने तीन लाख ५५ हजार ७२० जनाले पूर्ण मात्रा लगाएका छन् । यस्तै सबैभन्दा कम डडेल्धुरामा ६५ हजार ६०७ जनाले पहिलो तथा ५९ हजार ५५७ जनाले खोपको पूर्ण मात्रा लगाएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।  

यस्तै कञ्चनपुरमा तीन लाख ४२ हजार ६५१ जनाले पहिलो र दुई लाख ४४ हजार २५१ जनाले पूर्ण मात्रा, बैतडीमा एक लाख ५२ हजार ६२९ जनाले पहिलो र ९४ हजार १८३ जनाले पूर्ण, अछाममा एक लाख ३७ हजार ४५२ जनाले पहिलो र ९१ हजार २१ जनाले पूर्ण, बाजुरामा एक लाख २४ हजार ९२५ जनाले पहिलो र ७४ हजार ३४५ जनाले पूर्ण, डोटीमा एक लाख २० हजार ५७२ जनाले पहिलो र ६५ हजार ५७५ जनाले पूर्ण, बझाङमा ९९ हजार ८४४ जनाले पहिलो र  ५६ हजार ३८ जनाले पूर्ण तथा दार्चुलामा ९० हजार १९ जनाले पहिलो र ६२ हजार २५६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।  

सुदूरपश्चिममा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, जोनसन, भेरोसेल र  फाइजर खोप लगाइएको छ । बाह्र वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीका अनुसार प्रदेशका सबै जिल्लामा हाल खोप अभियान जारी छ ।  यसअघि छुटेका सबैलाई खोप लगाउन अनुरोध गरिएको जोशीले बताउनुभयो । सुदूरपश्चिममा हालसम्म चार लाख ८२ हजार ४१७ जनाको कोरोना परीक्षण गरिएकामा ५८ हजार  ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट प्रदेशमा ६२५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ