2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘त’ भन्दा…

दुर्गा देवकोटा । माघ २३, टीकापुर (रासस) । कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ । १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन् । तीन सन्तानकी आमा उहाँले श्रीमानबाट कहिल्यै राम्रो व्यवहार पाइनन् । पतिले उहाँलाई सधैँ घरको नोकरजस्तै सोँचिरहे र कहिल्यै राम्रो बोलिबचनसम्म गरेनन् । 

सन्तान नहुर्कुञ्जेल  रुपाले यी सबै व्यवहार सहेर बस्नुभयो । उहाँलाई सन्तान हुर्किसकेपछि श्रीमानले गर्ने दुव्र्यबहार बिरुद्ध आवाज उठाउन मन लाग्यो । वैवाहिक जीवनको २३ वर्षपछि उहाँले अगल हुने निर्णय गर्नुभयो । ‘‘मलाई श्रीमानले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिएनन् । खान लाउन दिए, धन-सम्पत्ती दिए तर इज्जत दिएनन्’’, उहाँले भन्नुभयो, ‘‘दम्पत्ती भनेका जोडी हुन् । जोडी बराबर भए पो जीवन सजिलो हुन्छ । मैले संधै मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर उनले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने ।’’ 

रुपा श्रीमानले दास सम्झने व्यवहारकै कारण आफू मिलेर बस्न नसकेको बताउनुहुन्छ । ‘‘उहाँ अरु केही गलत हुनुहुन्नथ्यो्, म आत्मसम्मान गिरेको महसुस गर्न थालेँ, उहाँले कहिल्यै बुझ्नु भएन’’, उहाँ भन्नुहुन्छ, ‘‘मनमुटाव विस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय गर्यौं ।’’सम्बन्ध विच्छेदपछि हाल उहाँ सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थाल्नुभएको छ । उहाँ आजभोलि सामाजिक जीवनमा सक्रीय हुनुहुन्छ र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्नुहुन्छ ।

कैलालीकै रमा धामीलाई पनि श्रीमानको व्यवहार पटक्कै मन पर्दैन । उहाँ  श्रीमानले  जीवनसाथीको जस्तो व्यवहार गरुन भन्ने चाहनुहुन्छ । प्रेम विवाह गरेकी उहाँले सुरुआति दिनमा श्रीमान्बाट साथीजस्तै व्यवहार पाउँथिन् । विवाहपछि व्यवहार बदलियो । ‘‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौँ, परिवारको सहमतिमा विवाह भयो’’, उहाँ भन्नुहुन्छ, ‘‘भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमान्को नाम लिएर बोल्ने सभ्यता नभएकी रहेछ भनी कुरा काटे ।’’

परिवार र छिमेकीले कुरा काटेपछि उहाँलाई अप्ठ्यारो पर्यो । उहाँले बोलीचनमा सुधारमा गर्नुभयो  । परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गर्नुभयो  तर उहाँका श्रीमान्ले थप बोली र व्यवहार बिगार्नुभयो । तिमी भनेर बोल्ने

श्रीमान् त भनी सम्बोधन गर्न थाले । ‘‘हामी विवाहपछि बराबरी रहेनौँ, हाम्रो हैसियत समेत बदलियो’’, उहाँले भन्नुभयो ।

दम्पत्ती भनेका जीवनसाथी हुन् । जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ । तर हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन् । सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन् ।‘‘हरेक श्रीमानले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ । श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसामात्र गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ’’, शिक्षक झपट कडायत भन्नुहुन्छ, ‘‘परिवारका सदस्यले पनि दम्पत्तीका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ ।’’

बलियो र दीगो सम्बन्धका लागि जसरी श्रीमतीले श्रीमानलाई साथ दिन्छिन् यसैगरी श्रीमानले समेत साथ दिन आवश्यक छ । अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम सदियौँदेखि चलिरहँदा  समाजमा महिलाहरु महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउनुहुन्छ । ‘‘विवाहमा माया र सम्मान आवश्यक हुन्छ । यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पत्ती र परिवारले नै लिन नसकेको देखिन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको संख्या समेत बढेको देखिन्छ । सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन् ।’’

अधिबक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्ध विच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउनुहुन्छ । ‘‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्ध विच्छेदका भएका छन् । सम्बन्ध विच्छेदले परिवार विखण्डन भएको छ’’, उहाँले भन्नुहुन्छ, ‘‘परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्वाद हुन्छ । उनीहरु अभिभावकको माया पाउनबाट बञ्चित हुन्छन् ।’’ उहाँ पुरुषले माया देखाउन नजान्दा र महिलाको कानूनीरुपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको बताउनुहुन्छ । ‘‘महिलालाई अहिले कानूनले धेरै अधिकार दिएको छ । अधिकार प्रयोग गर्न क्षमतामा कमी छ ।’’, उहाँ भन्नुहुन्छ, ‘‘समान अस्तीत्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ ।’’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक