२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विश्व हिन्दू युवासङ्घको सम्मेलन देवघाटमा

२७ माघ २०७८, बिहीबार ०८:१४

माघ २७, चितवन । विश्व हिन्दू युवासङ्घको पहिलो राष्ट्रिय सम्मेलन देवघाटको बागेश्वर आश्रममा हुने भएको छ । फागुन ८ देखि १० गतेसम्म सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशभरबाट ७०० हाराहारी प्रतिनिधि सहभागी हुनेछन् ।

सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहका अनुसार सङ्घको हालसम्म गरेका गतिविधि, भावी रणनीति र सरकारलाई दिइने सुझावका विषयमा छलफल गरिने छ । सङ्घले गोरक्षनाथ, गाई र गाँजाका विषयमा बहस उठाउँदै आएको छ । पूर्वीय दर्शनलाई नेपालले अँगाल्नुपर्छ भन्ने मान्यताका साथ सङ्घले काम गर्ने उहाँको भनाइ छ । गोरक्षनाथ राजनीतिक दर्शन हो भने गाई स्वास्थ्य विज्ञानसँग समेत जोडिएको शाह बताउनुहुन्छ ।

देशभरमा ४५ जिल्लामा सङ्घको शाखा छ । विश्वमा २५ देशमा शाखा रहेको शाहले जानकारी दिनुभयो । सङ्घका जिल्ला अध्यक्ष श्याम पौडेलले पहिलो सम्मेलन हुन लागेको भन्दै तयारीमा जुटेको बताउनुभयो । सहभागीलाई देवघाटका आश्रमहरूमा बस्ने व्यवस्थापन गरिएको छ । उहाँले भन्नुभयो, “हामी रु १० लाखभित्र सम्मेलन सम्पन्न गर्ने गरी तयारीमा जुटेका छौँ”, सङ्घ विश्व हिन्दू महासङ्घअन्तर्गत युवाहरुको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की