2026-07-25 07:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेब्रुअरी १४ मा किन मनाइन्छ भ्यालेन्टाइन डे ? यस्तो छ रोचक कथा

फागुन २, काठमाडौँ । आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे फेब्रुअरी १४ गते विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइने गरिएको छ। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ।

भनिन्छ प्रेम गर्न केही दिन, महिना र हप्ता चाहिँदैन, तर प्रेम व्यक्त गर्न सबैलाई सजिलो हुँदैन, यस्तो अवस्थामा प्रेमको हप्ता अर्थात् भ्यालेन्टाइन विकले त्यस्ता मानिसहरूलाई मद्दत गर्छ। 

फेब्रुअरी महिनालाई प्रेमको महिना भनिन्छ र यस महिनामा फेब्रुअरी ७ बाट प्रेमको सुरुवात हुन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म मनाइने यो पर्वलाई माया पंक्षीहरुले निकै हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

भ्यालेन्टाइन डे फेब्रुअरी १४ मा आउँछ र यस दिन सबैले आफ्नो पार्टनरसँग समय बिताउँछन्। तर के तपाईलाई थाहा छ यो दिन १४ फेब्रुअरीमा मात्र किन मनाइन्छ र यो दिनको सुरुवात कसरी भयो ?

कहिलेबाट सुरु भयो भ्यालेन्टाइन डे मनाउन

रोमका राजा क्लाउडियसको शासनकालमा भ्यालेन्टाइन डे मनाउन थालिएको थियो । त्यसबेला रोमन पादरी सेन्ट भ्यालेन्टाइन थिए। उनकै नाममा भ्यालेन्टाइन पर्व मनाउन थालियो ।

यस्तो छ रोचक कथा 

सन्त भ्यालेन्टाइनले संसारभर प्रेमको सन्देश फैलाउने व्यक्ति भनेर विश्वास गरिन्छ। त्यसबेला रोमका सम्राट क्लाउडियसलाई सेन्ट भ्यालेन्टाइनको यो कुरा पटक्कै मन परेन । 

क्लाउडियसले महसुस गरे कि रोमीहरू आफ्नो परिवार र पत्नीप्रतिको कडा लगावको कारण सेनामा भर्ना भएका छैनन्। 

क्लाउडियसले आफ्ना कुनै पनि सैनिकलाई विवाह गर्न दिएनन्। सम्राट क्लाउडियसको यो सोचको विरोध गर्दै सेन्ट भ्यालेन्टाइनले एक जोडी विवाह गरे। 

त्यसैको लागि, राजा क्लाउडियसले सेन्ट भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । जेलमा जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् जो अन्धि थिइन । 

झुण्ड्याइनु अघि उनले “Love from your Valentine” भनि हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई ई. पू. २७० को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो ।

मृत्यु अघि, सेन्ट भ्यालेन्टाइनले राजाको मुख्य जेलरलाई पत्र लेखे र मृत्यु पछि, आफ्नी अन्धो छोरीलाई आँखा दिन आग्रह गरे। सन्त भ्यालेन्टाइनको मृत्युपछि उहाँको सम्झनामा हरेक वर्ष यो दिवस प्रेम दिवस मनाइन्छ ।

विश्वास गरिन्छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डेका दिन आफ्नो सन्देश लेखेर दिने चलन चलेको हो । उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक