2026-07-24 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिग्गज गायक–संगीतकार बप्पी लाहिरीको निधन

फागुन ४, काठमाडौँ ।  दिग्गज गायक–संगीतकार बप्पी लाहिरी मंगलबार राति निधन भएको छ ।  प्रयाख्त अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उहाँको निधनमा ट्विटरमर्फत शोक व्यक्त गर्नु भएको छ 

मंगलबार राति ११:४५ मा निधन भएका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 

बप्पी लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो । उहाँ डिस्को संगीतको लागि प्रख्यात हुनुहुन्थ्यो । बप्पी लाहिरीको ६९ वर्षको उमेरमा हिजो राति मुम्बईको एक अस्पतालमा निधन भएको थियो ।पश्चिम बंगालका गभर्नर जगदीप धनखरले बप्पी दाको मनमोहक सांगीतिक रचनाहरू सबैले मन पराएका बताउनु भएको छ । “दुःखको खबर – प्रसिद्ध संगीतकार बप्पी लाहिरीजी अब रहनु भएन ।

पश्चिम बंगालको जलपाईगुडीमा जन्मनुभएका बप्पी दाको सङ्गीतले सम्पूर्ण फ्यानहरूलाई छक्क पारेको थियो । उहाँलाई सबै उमेरका मानिसहरूले मन पराउने मंत्रमुग्ध सांगीतिक रचनाहरूको लागि सम्झिरहनेछ । परिवारजनमा समवेदना र ओम शान्ति ओम,“ उहाँले ट्वीट गर्नु भएको छ । 

विभिन्न स्वास्थ्य समस्याका कारण एक महिनादेखि अस्पतालमा भर्ना हुनु भएका बप्पी दाको ‘स्लीप एपनिया’ का कारण उनको निधन भएको बताइएको छ ।‘डिस्को किङ’ बप्पी दाको बिहीबार अन्त्येष्टि गरिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक