भदौ ११, विराटनगर । सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वका विभिन्न जिल्लामा हुने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, विराटनगर । सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वका विभिन्न जिल्लामा हुने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो ।
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वमा हुँदै

११ भाद्र २०७३, शनिबार ०६:४२

भदौ ११, विराटनगर । सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वका विभिन्न जिल्लामा हुने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो ।

वि.सं. २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुदको सातौं संस्करणको रुपमा यही मंसिर ८ गतेदेखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने निर्णए भएको छ । सातौं राष्ट्रिय खेलकुदको लागि लोगो चन्द्र सूर्य अंकित झण्डाको रातो पृष्ठभूमिलाई अर्ध गोलाकार रुपमा नीलो रंगले घेरिएको र विश्वको अग्लो चुचुरो सगरमाथालाई राखिएको छ । मस्कटको रुपमा नेपालको पूवाञ्चलको कोशीटप्पु वन्य जन्तु आरक्षण क्षेत्रमा पाइने अर्नालाई राखिएको छ ।

सातौं राष्ट्रिय खेलकुदको लागि खेलाडी दर्ता समय भाद्र २० गतेसम्म रहेको छ । जिल्ला प्रतियोगिता भाद्र २५ गतेदेखि आश्विन १४ गतेसम्म, क्षेत्रीय प्रतियोगिता कार्तिक २३ गतेदेखि मंसिर ३ गतेसम्म, क्षेत्रीय वन्द प्रशिक्षण मंसिर १ गतेदेखि मंसिर ७ गतेसम्म र राष्ट्रिय प्रतियोगिता मंसिर ८ गतेदेखि मंसिर १५ गतेसम्म सञ्चालन गरिने छ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सञ्चालनका लागि खेलकुद मन्त्रीको अध्यक्षतामा ३०१ सदस्यीय मूल आयोजक समिति र राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको अध्यक्षतामा २८ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ । साथै प्रतियोगित सम्पन्न गर्नका लागि विभिन्न १४ वटा उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का