भदौ ११, विराटनगर । सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वका विभिन्न जिल्लामा हुने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, विराटनगर । सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वका विभिन्न जिल्लामा हुने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो ।
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वमा हुँदै

२०७३, ११ भाद्र शनिबार ०६:४२

भदौ ११, विराटनगर । सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वका विभिन्न जिल्लामा हुने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो ।

वि.सं. २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुदको सातौं संस्करणको रुपमा यही मंसिर ८ गतेदेखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने निर्णए भएको छ । सातौं राष्ट्रिय खेलकुदको लागि लोगो चन्द्र सूर्य अंकित झण्डाको रातो पृष्ठभूमिलाई अर्ध गोलाकार रुपमा नीलो रंगले घेरिएको र विश्वको अग्लो चुचुरो सगरमाथालाई राखिएको छ । मस्कटको रुपमा नेपालको पूवाञ्चलको कोशीटप्पु वन्य जन्तु आरक्षण क्षेत्रमा पाइने अर्नालाई राखिएको छ ।

सातौं राष्ट्रिय खेलकुदको लागि खेलाडी दर्ता समय भाद्र २० गतेसम्म रहेको छ । जिल्ला प्रतियोगिता भाद्र २५ गतेदेखि आश्विन १४ गतेसम्म, क्षेत्रीय प्रतियोगिता कार्तिक २३ गतेदेखि मंसिर ३ गतेसम्म, क्षेत्रीय वन्द प्रशिक्षण मंसिर १ गतेदेखि मंसिर ७ गतेसम्म र राष्ट्रिय प्रतियोगिता मंसिर ८ गतेदेखि मंसिर १५ गतेसम्म सञ्चालन गरिने छ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सञ्चालनका लागि खेलकुद मन्त्रीको अध्यक्षतामा ३०१ सदस्यीय मूल आयोजक समिति र राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको अध्यक्षतामा २८ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ । साथै प्रतियोगित सम्पन्न गर्नका लागि विभिन्न १४ वटा उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ