भदौ ११, धनगढी । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, धनगढी । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब"/>
2026-09-19 12:05 AM
काठमाडौँ - KTM

प्रहरीको कडा सुरक्षा घेरामा टिकट बिक्री

भदौ ११, धनगढी । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब्ध गराउन थालेका छन् । 

कानुन बमोजिम निर्वाध रुपमा बससेवा सञ्चालन गर्न पाउने वातावरण नबनेको भन्दै टिकट बिक्री गर्दा पनि प्रहरीको सुरक्षा माग्नुपरेको बडिमालिका यातायात व्यवसायी समितिका पदाधिकारीले बताएका छन् । 

सुदूरपश्चिम यातायात व्यवसायी समिति र बडिमालिका यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनको विषयलाई लिएर लामो समयदेखि विवाद रहेको छ । 

विवादकैबीच गन्तव्यमा गइरहेका बडिमालिका यातायातका बसमा सुदूरपश्चिम यातायात पक्षधरबाट बाधा अवरोध पु¥याउँदै तोडफोड हुन थालेपछि टिकट बिक्रीमा समेत प्रहरीले सुरक्षा दिनुपर्ने अवस्था सिर्जना भएको हो । 

विवादका कारण बसमा पुनः तोडफोड हुनसक्ने देखिएपछि दुई हप्तादेखि प्रहरीको सुरक्षा घेरामा राखेर बडिमालिका बस गन्तव्यतर्फ पठाउन थालिएको छ । तीन हप्ताअघि यहाँ दुई पक्षबीच झडपका साथै बसमा तोडफोड भएको थियो । सुदूरपश्चिम यातायात व्यवसायी समितिले आलोपालो लगाउन खोजेको आरोप लाग्दै आएको छ । 

बडिमालिका यातायातले प्रालिमा दर्ता भए अनुसारको ‘रुट परमिट‘ नलिइ बस सेवा सञ्चालन गरेको आरोप अर्को पक्षले लगाएको छ । 

यद्यपि बडिमालिका यातायात व्यवसायी समितिका महासचिव दिबहादुर खलौलाले आफूहरुले नियममानुसार बससेवा सञ्चालन गर्न खोजे पनि सुदूरपश्चिम यातायात पक्षधरको ‘सिन्डिकेटका’ कारण बाधा अवरोध पु¥याइएको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई