फागुन ९, काठमाडौँ । गजुरी गाउँपालिका-१ गजुरीबजारबाट करिब एक किलो ग्रामको सालकको खपेटासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ बस्ने २४ वर्षी शेरबहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका-२ बस्ने १९ वर्षीय मान बहादुर तामाङ रहेका छन्।
उनीहरूलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। गजुरीबजारस्थित सडकमा आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना८ख ८४२९ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा सालकको खपेटासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।