2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा चरम लापरबाही, पासपोर्ट र टिकट समेत नभएका व्यक्ति कतार जाने विमानमा

फागुन ११, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा चरम लापरबाही भएको पुष्टि हुने एक घटना बाहिरिएको छ। पासपोर्ट र टिकट समेत नभएका व्यक्ति दर्जनौं प्रहरी र अध्यागमनको चेकपोष्ट छल्दै कतार जाने विमानमा चढेको पाइएको छ।

घटना फागुन ९ गते राति पौन ११ बजेतिरको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा जान लागेको नेपाल वायुसेवा निगमको जहाजमा एक युवक चढेका थिए। विमानका कर्मचारीले उनको कागजात जाँच गर्ने क्रममा पोसपोर्ट, टिकट समेत नपाइएपछि विमानस्थल सुरक्षामा चरम लापरबाही भएको पाइएको थियो।

कागजात नभेटिएपछि ती युवकलाई विमानबाट झारिएको थियो। यसरी बिना कागजात विमानसम्म पुगेर कतार उड्न लागेको जहाज चढ्ने व्यक्ति थिए, रौतहटका १८ वर्षीय हस्पम आलम।

उनी यसरी बिना कागजात विमानमा चढेको यो पहिलो घटना भने होइन। करिब एक महिना अघि पनि उनी यसैगरी विमानमा चढेका थिए। यसले विमानस्थल सुरक्षामा चरम लापरबाही रहेको देखिएको छ। सुरक्षाकर्मीको घेरो छल्दै विमानमा चढेका आलमलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त गौशलामा राखेर अनुसन्धान सुरु गरिएको छ। आलमको मानसिक अवस्था ठीक नभएको प्रहरी स्रोतका भनाइ छ।उनी काटेश्वरतर्फको बारबाट प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ। विमानस्थलको बाहिरी पेरिमिटरको सुरक्षा जिम्मा सेनाको भएकाले सेनाकै कमजोरीका कारण ती युवक विमानसम्म पुगेको प्रहरीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ