९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० हजारभन्दा बढीले लिए माघ महिनामा अनलाइनबाट श्रम स्वीकृति

११ फाल्गुन २०७८, बुधबार ११:४१

फागुन ११, काठमाडौँ । गएको माघ महिनामा २० हजारभन्दा धेरैले अनलाइनबाट श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्रै  कार्यालयमा उपस्थित नभई ४९ देशबाट २० हजार १८३ जनाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिएका हुन् ।

अनलाइनबाट श्रम स्वीकृति लिनेमा वैदेशिक रोजगारीमा रहेका ९ सय ८८ जना महिला र १९ हजार १९५ जना पुरुष रहेका छन् ।

यसरी अनलाइनबाटै सेवा लिनेमा सबैभन्दा धेरै कतारबाट रहेका छन् । कतारबाट एक महिनाको अवधिमा ७ हजार २०२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । कतारपछि सेवा लिनेको सङ्ख्या साउदीबाट धेरै छ ।

साउदीबाट ५ हजार १९७ जना पुरुष र ३८ जना महिला गरी ५ हजार २३५ जनाले अनलाइनबाटै पुनः श्रम स्वीकृति सेवा लिएका छन् । कतारपछि श्रम गन्तव्य देश यूएईबाट अनलाइनमार्फत श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै छ । यूएईबाट ४ हजार ८५२ जना अनलाइनबाट पुनः श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

खाडीकै देश कुवेतबाट एक हजार २५ जनाले, ओमानबाट ३०१ जनाले र मलेसियाबाट ५०५ जनाले अनलाइन पुनः श्रम स्वीकृति लिएका छन् ।

श्रम कार्यालय ताहाचलले गएको माघदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति प्रदान गरिरहेको छ । भौतिक रूपमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिन पाइँदैन ।

बायोमेट्रिक नभएकाहरूको हकमा मात्र अहिले विभागले भौतिक उपस्थितिमा अनलाइन पुनः श्रम स्वीकृति प्रदान गरिरहेको छ । अनलाइनबाटै श्रम स्वीकृतिका लागि तिर्न पर्ने बिमा र कल्याणकारी कोषमा तिर्न पर्ने रकम तिर्न मिल्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी