फागुन १३, काठमाडौं । रुस–युक्रेनको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि देखिने विज्ञले बताएका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्वबजारमा आर्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौं । रुस–युक्रेनको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि देखिने विज्ञले बताएका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्वबजारमा आर्थ"/>
२१ माघ २०८२, मंगलवार
काठमाडौँ - KTM

युक्रेन-रुस तनावः विश्व र नेपालको अर्थतन्त्रमा प्रभाव कस्तो, नियन्त्रणका लागि के गर्ने ?

१३ फाल्गुन २०७८, शुक्रबार ०७:०२

फागुन १३, काठमाडौं । रुस–युक्रेनको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि देखिने विज्ञले बताएका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्वबजारमा आर्थिक गतिविधि प्रभावित बन्न थालिसकेको छ ।
विश्वबजारमा मुख्यगरी पेट्रोलियम पदार्थमा युद्धको असर देखिन थालेको छ र त्यसबाट नेपाल पनि प्रत्यक्ष प्रभावित हुने देखिएको छ । युद्ध बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ अझै बढ्न सक्ने र नेपालमा पनि महँगो हुनेछ । योसँगै नेपालमा ढुवानी र आपूर्तिमा समस्या निम्तिने पूर्व अर्थसचिव युवराज भुसाल बताउनुहुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आठ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रुस विश्वमा सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्ये दोस्रो ठूलो देश हो । युद्ध सुरु भएपछि कच्चा तेलको आपूर्तिमा असर पर्न थालेको छ ।
अस्ति बुधवार प्रतिब्यारेल ९४ दशमलव १२ डलर रहेको कच्चा तेलको मूल्य एक्कासी बढेर हिजो प्रतिब्यारेल एक सय ५ डलर पुग्यो । त्यस्तै सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन् । 
दुई देशबीचको युद्ध थप बढ्दै गए आउँदा दिनमा तेलको भाउ अझै बढ्न सक्ने अनुमान छ । पेट्रोल, डिजेल, मट्टितेल, ग्यासलगायतको भाउ बढेपछि यसले नेपाली भान्सामा प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ छ ।
नेपाल आयल निगमको घाटा अझ बढ्ने देखिन्छ । घाटा वहन गर्न सरकारले खर्च गर्नुपर्नेछ । त्यस्तै रुस र युक्रेनसँग नेपालको व्यापारिक सम्बन्ध छ । यी देशबीच आयात निर्यात प्रभावित हुन सक्ने देखिन्छ ।
नेपालले रुस र युक्रेनबाट केराउ, पाम आयल, सोयाबिन, सनफ्लावर तथा तोरीको तेललगायतका वस्तु आयात गर्छ । केही समयका लागि यी आयात हुने वस्तुमा समस्या देखिन सक्ने पूर्व अर्थसचिव भुसालले बताउनुभयो । 
सम्भावित असर नियन्त्रणका लागि तत्काल तथा दीर्घकालीन रुपमा देखिन सक्ने असरलाई ध्यानमा राखेर सरकार चनाखो हुनुपर्ने र आवश्यक गृहकार्य थाल्नुपर्ने र सरकारले सम्भावित असर न्यूनीकरण गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायबीच छलफल गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने, अवस्थाको आकलन गरी सेवाप्रवाहलाई नियमित गर्नुपर्ने, आयल निगमको भण्डारण क्षमता बढाउनुपर्ने, बिजुलीको प्रयोग सकेसम्म बढाउनुपर्ने पूर्वसचिव भुसाल बताउनुहुन्छ।
दुई देशबीचको युद्ध लम्बिने अवस्थामा आउनसक्ने सङ्कटतर्फ चनाखो रहँदै स्वदेशभित्रको तयारीमा सरकारले तत्काल ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।साथै उपभोक्ताले पनि हल्लाको पछाडि नलागि संयमता अपनाउन, अनावश्यक रुपमा उपभोग्य वस्तु सञ्चय नगर्न उहाँको आग्रह छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै