२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्च अदालतद्वारा जिल्ला न्यायाधीश विनोदकुमार गौतमलाई अख्तियारले लगाएको भ्रष्टाचार मुद्दा बदर

२०७८, १३ फाल्गुन शुक्रबार ०७:५०

फागुन १३, काठमाडौं । न्यायाधीशलाई अख्तियारले मुद्दा चलाउने क्षेत्राधिकार नभएको भन्दै सर्वोच्च अदालतले जिल्ला न्यायाधीश विनोदकुमार गौतमलाई अख्तियारले लगाएको भ्रष्टाचार मुद्दा बदर गरेको छ। 

अख्तियारले न्यायाधीश गौतमविरूद्ध अख्तियारले २०७६ माघ २२ गते बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न भएको भन्दै उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

न्यायाधीशलाई अख्तियारले मुद्दा चलाउने क्षेत्राधिकार नभएको भन्दै न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले उक्त मुद्दा बदर गरेको हो। 

गौतम भूमिसुधार मन्त्रालयमा उपसचिव हुँदा बालुवाटार जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न भएको अख्तियारको आरोप थियो। 

न्यायाधीश गौतम चितवन जिल्ला अदालतमा कार्यरत हुँदा बालुवाटार जग्गा प्रकरणबारे अनुसन्धान र अभियोजन भएको थियो। मुद्दा चलेपछि न्यायाधीश गौतम निलम्बनमा परेका थिए। सर्वोच्चले आदेश दिएसँगै उनी पदमा बहाल भएका छन्।

उनी न्यायाधीश हुनुपूर्व अनुसन्धान नगरेको, उनलाई निलम्बन गर्ने संवैधानिक गर्ने अधिकार अख्तियारलाई नभएको, न्यायाधीशलाई कारबाही गर्ने अधिकार भएको न्यायपरिषदलाई पूर्वजानकारी र सहमतिसमेत नलिएको लगायतका आधारमा मुद्दा बदर गरिएको आदेशमा उल्लेख छ। 

न्यायाधीशहरूको भ्रष्टाचार अनुसन्धान र कारबाही गर्ने संवैधानिक अधिकार न्यायपरिषदलाई मात्र रहेको, अख्तियारको छानबिनबाट न्यायाधीशले भ्रष्टाचार गरेको देखिए परिषदलाई नै लेखी पठाउन सक्ने सर्वोच्चको आदेशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !