२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीमा शिक्षकको कुटाइबाट विद्यार्थीको करङ भाँचियो

२०७८, १५ फाल्गुन आईतवार ११:५६

फागुन १५, काठमाडौँ । शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ । 

लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएका हुन् । शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताउनुभयो । “बिना कारण सरले पाइपले पिट्नुभयो, अफिसमा गएर कुरा गरौँ भन्दा पनि मान्नुभएन्”, उहाँले भन्नुभयो “बोल्न र सास फेर्न गाहे भएको छ ।” पौडेलका अनुसार उनीसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई पनि शिक्षक घिमिरेले शुक्रबार दिउँसो यातना दिनुभएको थियो । 

वान्ता गर्ने, खाना नखाने, सास फेर्न गाहे हुने र दुखाइ बढेपछि शनिबार साँझ बेनी अस्पतालमा एक्सरे र स्वास्थ्यपरीक्षण गरिएको थियो । पौडेलकी दिदी मनकुमारी सुवेदीले टाउको सुन्निएकाले शनिबार रातिनै पोखरा लगेर कालीगण्डकी डायग्नेस्टिक एण्ड रिसर्च सेन्टरमा सिटिस्क्यान गरी बिहान बेनी ल्याएको बताउनुभयो । 

“बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न र औषधि दिनुभएको छ”, उहाँले भन्नुभयो “सम्बन्धित सर र विद्यालय प्रशासनमा शनिबार बिहानै फोनबाट जानकारी गराउँदा वास्ता गर्नुभएन् ।” पौडेलका बुबा भीमप्रसाद पौडेलले मर्यादा विपरीत बालमनोवैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै आज विद्यालयमा निवेदन दिनुभएको छ । पौडेल प्रकाश माविमा तीन वर्षदेखि अध्ययनरत थिए । 

विद्यालयका निमित्त प्रअ लेखबहादुर हमालले शनिबार बिहान फोनबाट पौडेलकी दिदीले अनौपचारिक जानकारी गराएको र आज छलफलका लागि बोलाएको बताउनुभयो । “शुक्रबार ५ बजेसम्म कक्षा भएको थियो । नवीन सरको पिरियड दिउँसो १२.१० देखि १२ः५० सम्म हो । राजनले त्यो दिन पूरै कक्षा पढेका थिए । लेखापछिको विषयका सरहरुले पनि उनको स्वास्थ्य अवस्था सामान्य भएको बताउनुभएको थियो”, उहाँले भन्नुभयो, “आज बिहान लाइनमा सोध्दा कागजको डल्ला फालेकाले हल्का एक्सन लिएको बताउनुभयो । थप छानबिन र छलफल गर्दैछौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !