। "/>
भदौ ११, काठमाडौँ | काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । सनिबार राति करिव १० बजेर ५ मिनेट जाँदा ३.६ रेक्टरको भूकम्पको धक्का गएको हो ।
भूकम्पको केन्द्रबिन्दु धादिंगको नौबिसे रहेको भूकम्प मापन केन्द्रले जनाएको छ | सानो भूकम्प गएतापनि केन्द्रविन्दु काठमाडौँ सिमासंगै जोडिएको नौबिसे भएकोले उपत्यकामा धक्का महसुस भएको हो । केन्द्रका अनुसार यो भूकम्प पनि गत बैशाख १२ गतेकै पराकम्प हो ।
यस अघि साउन १० गते गोरखा केन्द्रबिन्दु बनाई भूकम्पको पराकम्प गएको थियो ।