९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बौद्धमा रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन

१६ फाल्गुन २०७८, सोमबार ११:४४

फागुन १६, काठमाडौँ ।  रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित प्रदर्शन गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा आज बौद्धमा प्रदर्शन गरिएको हो । बौद्धनाथ चैत्यअघि सम्पन्न प्रदर्शनमा शान्तिवादीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए । हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरिएको छ ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, अपिल समिति संयोजक बलबहादुर गाहामगर, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा, किरण ढकाल र उमा गौतम र पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुङ्गेल उपस्थिती थियो । 

त्यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष मनोज ढुङ्गानालगायत शान्तिवादी अभियानकर्मीको सहभागिता रहेको शाखाका कार्यवाहक सभापति भगवान् पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

रुसी आक्रमणको विरोध र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै समाजको मोरङ शाखाद्वारा फागुन १३ गते विराटनगरमा र दाङ शाखाद्वारा फागुन १५ गते तुलसीपुरमा पनि प्रदर्शन गरिएको थियो । गत दुई सातामा युद्ध निषेध शान्ति विशेष अभियानअन्तर्गत शान्ति समाजले नेपालमा १० वटा प्रदर्शन गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु