२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय चुनावका लागि एक लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गरिने, पारिश्रमिक कति ?

२०७८, १७ फाल्गुन मंगलवार ०५:४८

फागुन १७, काठमाडौँ । सरकारले ०७९ वैशाख ३० मा हुने स्थानीय तह चुनावको सुरक्षाका लागि एक लाखभन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइरहेको छ। देशैभर एकैपटक हुने चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्रै अपुग हुने भएपछि म्यादी प्रहरी पनि राख्ने तयारी गरिएको छ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग समन्वय गर्दै म्यादी प्रहरी भर्ना लिने तयारी गरेको छ। विगतका चुनावमा पनि म्यादी प्रहरी राखिएका थिए।

यसपालि करिब एक महिनाका लागि म्यादी प्रहरी राखिनेछन्। म्यादी प्रहरीले २४ हजार तलब पाउँछन् भने पोशाक भत्ता पाँच हजार र खाजा सुविधा पाउने गृह मन्त्रालय स्रोतले जनाएको छ। म्यादी प्रहरीलाई जवान सरह सेवा, सुविधा दिने तयारी छ।

म्यादी प्रहरी छनौट गरेपछि करिब १० दिन प्रशिक्षण दिने तयारी छ।

स्थानीय चुनावमा भाग लिन ८० दलले दर्ता निवेदन दिइसकेका छन्। चुनावअघि सबै जनतालाई कोरोना खोप लगाइसकेको सुनिश्चितता गर्न पनि सरकारलाई आयोगले आग्रह गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !