९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका लागि मोरिससका राजदूत नेपालमा

१७ फाल्गुन २०७८, मंगलवार ०५:५६

फागुन १७, काठमाडौँ । नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजी नेपाल भ्रमणमा रहनुभएको छ । राजदूत हनुमानजीको नेतृत्वमा छ जनाको प्रमण्डल छ दिने भ्रमणका लागि यसै साता नेपाल आएको हो । टोलीले आज महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्ने छ भने भ्रमणका अवसरमा पोखरा र अन्नपूर्ण हिमालको दृष्यावलोकन गरेको छ ।

टोलीलाई नेपाल–मोरिसस बिजनेस काउन्सिलले सोमबार एक कार्यक्रमबीच स्वागत गरेको छ । सो अवसरमा राजदूत हनुमानजीले मोरिससमा नेपालीका लागि व्यापारिक अवसरबारे उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्नेमा जोड दिनुभयो । काउन्सिलका अध्यक्ष बटु लामिछानेले दुई देशबीचको व्यापारिक सम्बन्ध वृद्धि र पर्यटन प्रवद्र्धन अवसरका रूपमा यसलाई लिनुपर्ने बताउनुभयो । नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्कीले दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको काउन्सिलका महासचिव सुदीपराज गौतमले जानकारी दिनुभयो ।

भारतको नयाँ दिल्लीस्थित आवासीय राजदूत हनुमानजीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि राजदूत नियुक्तिको आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु