२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको धामीगाउँबाट पालिकाका सेवा प्रवाह गर्न प्रशासनको आग्रह

१७ फाल्गुन २०७८, मंगलवार ०७:२२

फागुन १७, बैतडी । बैतडीको डिलासैनी गाउँपालिकालाई वडा नं ७ को धामीगाउँबाट सेवा सञ्चालन गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । डिलासैनी गाउँपालिकाले अहिले वडा नं ३ को पङसेरामा रहेको महादेव माविको भवनबाट सेवा दिँदै आएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको केन्द्र धामीगाउँबाट सेवा सञ्चालन गर्न यही फागुन १३ गते पत्र पठाएकाले सोही अनुसारको निर्णय कार्यान्वयन गर्न स्थानीय प्रशासनले पत्राचार गरेको हो । डिलासैनी गाउँपालिकाको केन्द्र वडा नं ७ को धामीगाउँ भएको र केन्द्र हेरफेर नभएकाले सोही अनुसार धामीगाउँबाटै पालिकाका सबै सेवा सञ्चालन गर्न  आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।  

सो मन्त्रालयको निर्णय कार्यान्वयन गरी धामीगाउँबाटै सबै सेवा सञ्चालन गर्न जिल्ला प्रशासनले डिलासैनी गाउँपालिकालाई पत्रमार्फत आग्रह गरेको छ । पछिल्लो समयमा कार्यपालिकाले पङसेरामा नै केन्द्र राख्ने निर्णय गरेको भए पनि सो निर्णय मन्त्रिपरिषद्बाट फिर्ता भएकाले धामीगाउँबाटै सेवा सञ्चालन गर्न गाउँपालिकालाई भनिएको छ । 

गाउँपालिकाको केन्द्र धामीगाउँमै रहनुपर्ने भन्दै यसअघि आन्दोलनका कार्यक्रम हुँदै आएका थिए ।  मन्त्रालयले डिलासैनीको केन्द्र धामीगाउँबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएपछि अहिलेका लागि सङ्घर्ष समितिले आन्दोलन स्थगित गरिएको जनाएको  छ । अब साबिककै केन्द्रबाट पालिकाले सेवा दिनुपर्ने स्थानीयवासीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य