२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पलले पुरानो अडियो सार्वजनिक गरेर जनताको सहानुभूति पाउन खोजे- दुर्गेश थापा

१८ फाल्गुन २०७८, बुधबार ०६:०३

फागुन १८, काठमाडौँ । नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए ।

केही समयअघि पलले एउटा अडियो सार्वजनिक गर्दै दुर्गेशलगायतका केही व्यक्तिहरुले सुनियोजित रुपमा षड्यन्त्र गरेर आफूलाई फसाएको बताएका थिए । यसको जवाफमा दुर्गेशले सामाजिक संजालमार्फत करिब २ पेज लामो बयान जारी गरेका छन् । दुर्गेशले पलमाथि प्रहरीमा उजुरी परेपछि ७ महिना पुरानो अडियो सार्वजनिक गरेर जनताको सहानुभूति पाउने अस्त्र बनाएको आरोप लगाएका छन् ।

‘नाबालिकाले पलको शोषणबाट उदाउँदो भविष्य अन्धकार देख्न थालिन्। त्यो अन्धकारभित्रबाट पनि उज्यालोको झिनो आशा बोकेर म लगायत उनले आफ्नो नजिक मानेका व्यक्तिहरूसँग आफ्नो पीडा सुनाइन् र हामीबाट सहयोगको अपेक्षा गरिन्’, दुर्गेशले फेसबुकमा लेखेका छन्, ‘मैले पीडित बालिकालाई बहिनी सम्झी सहयोग गर्ने अठोट गरेँ।’

यस्तो छ दुर्गेशको स्टाटस –

नाबालिग बालिकालाई ललाईफकाई गरी हेरचाह र ख्याल गरेजस्तो गरेर स्वार्थ पूरा गर्ने काम गरिएको रहेछ। स्वार्थ पूरा भएपछि बेवास्ता गर्न थालियो। निकटको सम्बन्ध विकट बन्यो। बालिका एकोहोरो भइन्। नजिक ठानेको मान्छेबाट धोका पाएपछि विक्षिप्त बनिन्। मायाप्रेमको खोल ओढेर आफूमाथि शोषण भएको स्पष्ट रूपमा महसुस गर्न थालिन्। दिनदिनै उनको मानसिक अवस्था कमजोर हुँदै गयो।

बालिकाले धेरैपटक मुद्दा हाल्न कोसिस गरिन् अरे, हामीसँगको भेटमा पलका म्यानेजरले त्यही बताएका थिए । मुद्दा हाल्न जाँदा विभिन्न बहाना बनाएर फेरि केस रोक्न लगाइन्थ्यो रे। फेसबुकमा एउटा कुरा बालिकाले पीडामा लेखेर हालिन् भने अर्को दिन त्यसलाई सफाइ दिन लगाएको सबैले देख्नुभएकै छ।

१/२ महिना मिलेजस्तो गर्ने फेरि बालिकालाई वास्ता नगर्ने अनि बालिका रुँदै हिँड्नपर्ने अवस्था भएछ। पीडाले थिचिएकी बालिकाले म्यानेजरसँग कुरा गरे पनि पल सँग मिलेर फकाउन खोजिन्थ्यो रे। पछि बालिकालाई विभिन्न बहानामा गाली गर्ने, बालिकालाई युट्युबमा हालेर तेरो बेइज्जत गर्दिनेजस्ता कुराहरू गर्ने र बालिकालाई गाली बेइज्जत गरेर हयारेसमेन्ट गर्नेजस्ता कार्यहरू भएछन्।

सहन सकुन्जेल सहिन् र नसकेपछि आफ्ना नजिकका व्यक्तिहरूसँग गुम्सिएको मनका व्यथा सुनाइन्। सुमधुर सम्बन्धबारे सुनाउन जति सजिलो छ त्यो भन्दा कैयौँ गुणा गाह्रो छ, टुटेको सम्बन्ध र समस्याबारे कुरा गर्न। कलिलो दिमागलाई सायद बिग्रँदो सम्बन्धले झनझन् कमजोर बनायो। त्यसैले उनी लगभग डिप्रेसनमा पुगिन्।

उदाउँदो भविष्य अन्धकार देख्न थालिन्। त्यो अन्धकारभित्रबाट पनि उज्यालोको झिनो आशा बोकेर मलगायत उनले आफ्नो नजिक मानेका व्यक्तिहरूसँग आफ्नो पिडा सुनाइन् र हामीबाट सहयोगको अपेक्षा गरिन्। सायद अभिभावक सोचेर होला। किनकि म पल शाह जसले पीडा दियो, ऊसँग पनि उत्तिकै निकट थिएँ।

तर, पलले यो विषयलाई गम्भीरतापूर्वक लिएनन्। नाबालिकाको पीडा अलिकति पनि महसुस गर्न सकेनन्/गरेनन् भन्ने हामीलाई लाग्यो। यही क्रममा मैले बालिकाले आफ्नै ज्यान फाल्नेजस्तो कुनै गलत कदम नलिओस् भनेर उसलाई सहयोग गर्ने सोच बनाएँ। जसले हामीबीचको राम्रो सम्बन्धमा झनझन् दरार आउन थाल्यो।

मैले पीडित बालिकालाई बहिनी सम्झी सहयोग गर्ने अठोट गरेँ। हामीले गरेको छलफलमा बालिकाले आफ्नो पीडा पनि सुनाएकी थिइन्। त्यो क्रममा हामीले उनलाई धेरै सम्झाएका छौँ, जुन कुरा सार्वजनिक भएको अडिओबाट हटाई सुनियोजित बनाएका रहेछन् । अरू नै कसैसँग भएको रकम लेनदेनको कुरा समेत मिसाएर भ्रम पैदा गर्न खोजिएको छ । सार्वजनिक अडिओ (पैसा लेनदेन) को छलफलमा म उपस्थित पनि थिएन ।

अडिओमा पललाई झोला बोकाएर फिर्ता दाङ पठाउँछु भनिएको छ, त्यो मेरो आवाज नभई स्वयम् पलका म्यानेजर कृष्ण जोशीको हो । त्यसपछि यो विषयमा म कहीँ कतै संलग्न नरहेको सबैमा जानकारीका लागि अनुरोध छ । भेटघाट कुनै षडयन्त्र गर्न होइन, उनीहरूबीच भएका समस्याको समाधान खोज्नका खातिर मात्र भएको थियो । जुन अडिओ सार्वजनिक भयो, त्यो करिब करिब ७ महिना पहिलेको हो ।

पीडित नाबालिकाको आरोप गम्भीर रहेकाले त्यो बारे पलसँग बुझ्न खोज्दा हामीलाई नै उनले दुश्मनन ठाने। पलसँगको सम्बन्ध जोगाउन हामीले एउटा बहिनी समानकी बालिकामाथि भएको अन्यायलाई तिलाञ्जली दिन सकेनौँ। उनलाई न्यायका लागि लड्न आँट र भरोसा दियौँ। यसलाई उनले आफूविरुद्धको जालझेल सम्झे ।

प्रहरीमा पलविरुद्ध जाहेरी परेपछि लगभग ७ महिना पुरानो अडिओलाई सार्वजनिक गर्दै पब्लिक सेन्टिमेन्ट जित्ने अस्त्र बनाइयो। जसले त्यी नाबालिकालाई न्यायको खोजी गर्नुपर्छ भन्नेहरूको पत्तासाफ गर्ने आशय राखियो। आफूविरुद्ध रहेका म्यानेजर कृष्ण जोशीलाई विभिन्न प्रलोभनमा पारेर हाम्रो विरुद्धमा बोल्न लगाइयो। जबकि केही महिनाअगाडि पलले आफ्नो म्यानेजरलाई हटाएका थिए । सायद यसरी अस्त्रको रूपमा प्रयोग गर्न पाइन्छ भनेर होला उनैलाई पुन: म्यानेजर बनाएर काममा राखियो । तपाईंहरू आफै बुद्धिजीवी हुनुहुन्छ, आफैँ बुझ्नुहोला किन त्यसो गरिएको रहेछ भनेर!

ज्यानसमेत लिने योजना बनाएको कपोलकल्पित कथा बुनेर मिडियामा उसलाई सार्वजनिक गराइयो। यस्ता विभिन्न हतकण्डा अपनाएर प्रहरीले छानबिन गर्नुपर्ने विषयलाई सामाजिक सञ्जालमा गिजोल्नुसम्म गिजोलियो। पीडितको पक्षमा रहेका हामीलाई फसाई आफू उम्कन अनेक योजना बुनियो।

हामी न्यायको पक्षमा छौँ। जसको छानबिन प्रहरीले गर्नेछ र अदालतले अवश्य न्यायको पक्षमा अन्तिम निर्णय सुनाउनेछ भन्ने अपेक्षा मा बसेका छौँ । हामीले हाम्रो तर्फबाट कानुनलाई सघाउनुपर्ने हरेक ठाउँमा जिम्मेवार नागरिकको हैसियतमा सघाउन तत्पर छौँ । तपाईंहरूले दिएको ताली र गाली सबै स्वीकार्य छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै