९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकोद्वारा रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार

१८ फाल्गुन २०७८, बुधबार ०७:५३

फागुन १८, काठमाडौँ । मेक्सिकोले रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ ।

मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज ओब्राडोरले युक्रेनमा आक्रमण गरेको भन्दै आफ्नो देशले रुसमाथि कुनै आर्थिक प्रतिबन्ध नलगाउने बताएका छन् । उनले रुसी राज्य मिडियाको सेन्सरशिपको लागि सोशल मिडिया कम्पनीहरूको पनि आलोचना गरेको रोयटर्सले उल्लेख गरेको छ ।

लोपेजले भने- 'विश्वका सबै सरकारसँग राम्रो सम्बन्ध राख्न चाहेकाले हामी कुनै किसिमको आर्थिक प्रतिशोध लिने छैनौँ । युक्रेनमाथि हमला गरेको कारण रुसमाथि धेरै प्रतिबन्ध लगाएका विश्वका धेरै देशभन्दा मेक्सिकोको अडान बिल्कुलै फरक छ ।'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको अमेरिकालगायत धेरै देशले खुलेर आलोचना गरेका छन् ।

मेक्सिकोका वामपन्थी नेता लोपेजले पनि पटकपटक अमेरिकाको विदेश नीतिको आलोचना गर्ने गरेका छन् । तर, अमेरिका र मेक्सिकोबीचको सम्बन्ध निकै बलियो रहेको विश्वास गरिन्छ । तर रुससँगको सम्बन्ध सीमित रहेको बताइन्छ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु