अभिमनु पटेल । भदौ १२, रौतहट | शुक्रबार राति ३ बजेको समयमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अभिमनु पटेल । भदौ १२, रौतहट | शुक्रबार राति ३ बजेको समयमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्द"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

बस दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा मैनबती प्रजलन

१२ भाद्र २०७३, आईतवार ०२:४८


अभिमनु पटेल । भदौ १२, रौतहट | शुक्रबार राति ३ बजेको समयमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा दुर्घटना परि मृत्यु भएको र घाइतेहरु प्रति जिल्लाका युवाहरुले धैर्यधारण, चिरशान्ति तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

रौतहट गौरबाट पोखराको लागि बिहीबार बेलुका ५ बजेको समयमा यात्रु बाहक बस शुक्रबार मध्य राति चितवनको विन्दवासनी डाडा भन्ने ठाउँबाट बस त्रिशूली नदीमा खस्दा सवार शिक्षक, विधार्थी, कर्मचारी र महिला लगायतको २२ को मृत्यु, १६ घाइते र ८ बेपत्ता रहेकोले धेरै दुखद घटना भएको रौतहट जिल्ला पुरै शोकमा डुबेकोले शनिवार बेलुका सदरमुकाम गौरको मधेशी क्रान्ति चोकदेखि जिल्ला प्रहरी कार्यालय गेट १ हजार मिटर भन्दा बढीमा युवाहरु हजारौं हजार मैनबती प्रजलन गरि मृतक आत्माको लागि चिरशान्ति श्रद्धाञ्जली एवं घाइतेहरु प्रति शिघ्र स्वास्थ लाभ परिवार जनमा धैर्यधारण र शक्ति प्रदान गरदिनको लागि कामना गरेका हुन ।

रौतहट बाट चलने राति बस सेवाहरु ६ देखि ८ बजे सम्मको लागि समेत बन्द गरिएको थियो ।मैनबती प्रजलन गरि ३० मिनेट मृतक आत्मा लाई शान्तिका लागि  युवाहरु मौन धारण र शोक सभा गरेका हुन ।

श्रद्धाञ्जली कार्यक्रम आयोजक राष्ट्रिय मधेश समाजवादी पार्टी रौतहटको समाजवादी विधार्थी संघ जिल्ला अध्यक्ष तथा गौर न.पा नगर अध्यक्ष ओमप्रकाश साहले मृतक र घाइते सबैलाई सरकार पक्षले छिटो भन्दा छिटो वास्तविक क्षतिपूर्ति समयमा उपलब्ध गर्नु पर्छ बताए ।रौतहटको लागि धेरै निदनीय दुख दायक घटना हो यस घटनाले गर्दा पूरा जिल्ला शोकमा डुबेको छ । 

श्रद्धाञ्जली कार्यक्रममा मधेश प्रदेश डटकम अनलाइन अध्यक्ष अभिमनु कुमार पटेल , संघीय समाजवादी फोरम नेपाल युवा नेता अरविन्द कुमार यादव , सदभावना पार्टी युवा नवीन कुमार सिंह मिलेर आयोजना गरेको थियो ।

कार्यक्रममा सदभावनम पार्टी केन्द्रीय सदस्य योगेन्द्र राय यादव, संघीय समाजवादी फोरम नेपाल केन्द्रीय सदस्य बबन सिंह, नेपाल सदभावना पार्टी जिल्ला अध्यक्ष मनोज गिरी, जिल्ला प्रहरी कार्यालय निरीक्षक अशोक झा, जिल्लाका युवा सरोज पंडित, कृष्णा कुमार यादव, रमेश साह, बैजु रजक र गणेश पटेल लगायत दर्जनौं युवाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित