२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गमबाट काठमाडौं पढ्न आएका विद्यार्थीलाई नि:शुल्क इन्डक्सन चुलो बाँडिने

१९ फाल्गुन २०७८, बिहीबार ०७:४४

फागुन १९, काठमाडौँ । अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँडिने भएको छ । सरकारी शिक्षण संस्थाहरुमा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यस्तो कार्यक्रम ल्याएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क तथा निश्चित प्रतिशत छुटमा यस्तो चुलो वितरण गर्ने भएको छ ।

केन्द्रले प्रकाशित गरेको सूचनामा दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरू यसबाट लाभान्वित हुनेछन् । यसका लागि स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूले आवेदन दिन पाउनेछन् ।


                            

एलपी ग्यासको मूल्य बढ्दै गएको अवस्थामा विद्यार्थीहरूलाई राहत स्वरुप विद्युतीय चुलो वितरण गर्न लागिएको हो । यसबाट विद्युतीय चुलोको प्रवर्द्धन समेत हुने केन्द्रको विश्वास छ ।

विद्युतीय चुलोका लागि आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका साथै शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिसपत्र समावेश गर्नुपर्नेछ । 

                         

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै